देवानगञ्जमा युवकलाई गोली हानिएको घटना प्रहरीले किन लुकायो ? « Khabarhub

देवानगञ्जमा युवकलाई गोली हानिएको घटना प्रहरीले किन लुकायो ?


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

विराटनगर- सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शनिबार भएको घटनामा स्थानीय निरजकुमार यादवलाई गोली लागेको पुष्टि भएको छ । घटनामा घाइते यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घटनाका क्रममा यादवको तिघ्रामा गोली लागेको र अस्पतालमा चिकित्सकले उनको तिघ्राबाट गोली निकालेको जनाइएको छ । गोली निकालिएपछि यादवको अवस्था मध्यम रहेको छ ।

तर, जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाबारे सार्वजनिक गरेको विवरणमा भने गोली प्रहार भएको विषय उल्लेख गरिएको छैन । प्रहरीले घटनालाई दुई समूहबीचको झडपका रूपमा उल्लेख गर्दै यादवको पुठ्ठामा चोट लागेको जनाएको छ ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जारी गरेको विवरणअनुसार शनिबार साँझ करिब ५:२५ बजे देवानगञ्ज–१ स्थित लक्ष्मीनारायण मन्दिर अगाडि दुई यादव समूहबीच झडप भएको थियो । झडपमा २४ वर्षीय निरजकुमार यादव घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा देवानगञ्ज–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय जयकृष्ण यादवलाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा गोली प्रहारबाट युवक घाइते भएको तथा मृत्यु भएको भन्दै विभिन्न विवरण सार्वजनिक भएका थिए । त्यसपछि प्रहरीले भ्रमपूर्ण सूचना सम्प्रेषण नगर्न र यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरेको थियो ।

तर, प्रहरीको आधिकारिक विवरणमा भने गोली प्रहार भएको विषय स्पष्ट रूपमा उल्लेख गरिएको छैन । प्रारम्भिक घटनास्थलको विवरण र उपचारसम्बन्धी सूचनामा यादवलाई गोली लागेको उल्लेख भए पनि प्रहरीले विज्ञप्तिमा ‘झडप’ र ‘पुठ्ठामा चोट’ मात्र उल्लेख गरेको छ ।

अस्पतालमा चिकित्सकले यादवको शरीरबाट गोली निकालेको विवरणसँगै घटनामा गोली प्रयोग भएको विषय थप स्पष्ट भएको हो ।

यद्यपि गोली कसले चलायो, कुन हतियार प्रयोग भयो र पक्राउ परेका व्यक्तिहरूको घटनामा कस्तो संलग्नता थियो भन्ने विषय खुल्न बाँकी छ । घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  १ : २९ बजे

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६