बादलले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने एमाले सचिवालय बैठकको निर्णय « Khabarhub

बादलले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने एमाले सचिवालय बैठकको निर्णय


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ द्वारा तयार पारिएको प्रतिवेदनलाई ग्रहण गर्ने निर्णय गरेको छ। यसअघि महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनका केही महत्वपूर्ण अंशहरूलाई समेत समेटेर बादलको उक्त दस्तावेजलाई अन्तिम रूप दिइएको हो।

पोखरेलले सातवटै प्रदेशका कार्यकर्ताहरूको सुझाव संकलन गरी एमाले नेतृत्व परिवर्तन गर्नुपर्ने आशयको छुट्टै प्रतिवेदन तयार पारेका थिए । तर अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्न नहुने अडान राख्दै आएका बादलले त्यसको प्रतिवाद गर्दै अर्को प्रतिवेदन बनाएका थिए ।

यी दुई फरक प्रतिवेदनहरूका कारण पार्टीभित्र उत्पन्न वैचारिक विवाद समाधान गर्न शीर्ष नेताहरूले धेरै प्रयास गरे पनि सहमति जुट्न सकेको थिएन । विवादले चर्को रूप लिँदा गत बिहीबार गुण्डुस्थित निवासमा भएको छलफलबाट निकास ननिस्किएपछि अध्यक्ष ओलीको विशेष निर्देशनमा नेता प्रदीप ज्ञवालीलाई अर्को प्रतिवेदन तयार पार्ने जिम्मा दिइएको थियो ।

कार्यदल बाहिरका व्यक्तिलाई प्रतिवेदन लेख्न लगाइएको भन्दै तीव्र आलोचना भएपछि स्थिति थप पेचिलो बनेको थियो । यसै क्रममा दबाबलाई साम्य पार्न अध्यक्ष ओलीले बादल, पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई दुवै प्रतिवेदन मिलाएर एकल कागजात तयार पार्न निर्देशनसमेत दिएका थिए ।

अन्ततः सचिवालयको पछिल्लो बैठकले बादलको प्रतिवेदनलाई नै अगाडि बढाउने निर्णय लिएसँगै नेतृत्व फेर्नुपर्ने पोखरेलको प्रतिवेदनका कडा बुँदाहरू ओझेलमा परेका छन् । यही प्रतिवेदनलाई अब आगामी तीन दिनसम्म ललितपुरको एक पार्टी प्यालेसमा सञ्चालन हुने केन्द्रीय कमिटी बैठकमा मुख्य एजेन्डाका रूपमा प्रस्तुत गरिने तयारी गरिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ८ : ०९ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि