भारतका दुबै ब्याटरको अर्धशतक, साझेदारी पनि शतकीय « Khabarhub

भारतका दुबै ब्याटरको अर्धशतक, साझेदारी पनि शतकीय


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत ‘ए’ बीच प्रतिस्पर्धा भइरहेको छ । कतारको राजधानी दोहामा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि भारत ‘ए’ ले ब्याटिङ गरिरहेको छ ।

३ विकेट गुमाइसकेको भारतका लागि हाल क्रिजमा तिलक वर्मा र कुमार कुशाग्र रहेका छन् । दुबै जनाले अर्धशतक पूरा गरेका छन् भने उनीहरुको साझेदारी पनि १ सय रन कटेको छ ।

प्रतिश जिसीले बलिङ गरेको ३१ ओभरको २ बलमा तिलक वर्माले एक रन लिँदै अर्धशतक पूरा गरे । ७७ बलको सामना गरेका उनले २ चौका र १ छक्का प्रहार गरे ।

त्यसैगरी, सोही ओभरको पाचौँ बलमा कुशाग्रले पनि चौका प्रहार गर्दै अर्धशतक पूरा गरे । ६२ बलको सामना गरेका उनले ५ चौका र १ छक्का प्रहार गरे ।

लगत्तै अर्को बलमा कुशाग्रले १ रन लिँदै दुई ब्याटरबीचको साझेदारीलाई १ सय रनमा पुर्‍याए ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ६ : ०७ बजे

फाइनल खेल अगाडि रोहित र दीपेन्द्रको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि भिडन्त

भारतका दुबै ब्याटरको अर्धशतक, साझेदारी पनि शतकीय

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत

इरानसँगको युद्धमा अमेरिकाको खर्च ४८.३ अर्ब डलर पुग्यो

एजेन्सी– इरानसँग जारी युद्धमा अमेरिकाले हालसम्म ४८ अर्ब ३० करोड

प्रधानमन्त्री बालेन र मोदीबीच मंसिर ७ गते हैदरावाद हाउसमा भेटवार्ता हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भारतको दुईदिने राजकीय

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री 

विराटनगर- अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल