बंगलादेशमा रोकिएन अल्पसङ्ख्यकको हत्या « Khabarhub

बंगलादेशमा रोकिएन अल्पसङ्ख्यकको हत्या


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशमा अल्पसङ्ख्यक समुदायमाथि हुने हिंसाका घटनाबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बंगलादेशका अल्पसङ्ख्यकहरुको मानव अधिकार कंग्रेसले प्रतिवेदन सार्वजनिक गर्दै पछिल्ला सात महिनामा १ सय १६ जना अल्पसङ्ख्यक समुदायका व्यक्तिको हत्या भएको उल्लेख छ ।

सन् २०२५ को जुन ६ देखि यस वर्षको जनवरी ५ सम्मको सात महिनामा बंगलादेशमा १ सय १६ जना अल्पसङ्ख्यक समुदायका व्यक्तिको हत्या भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अल्पसङ्ख्यक समुदायको व्यक्तिको हत्याका घटना बंगलादेशका सबै ८ डिभिजनका ४५ जिल्लामा भएका छन् । विश्लेषकहरुले यसलाई स्थानीय समस्यामात्रै नभई देशव्यापी संकटको संज्ञा दिएका छन् ।

बंगलादेशले स्वतन्त्रता पाएदेखि नै अल्पसङ्ख्यक समुदायका व्यक्तिमाथि हिंसा हुने गरेको तथ्यांक छ । यसबाट यस्ता हिंसा एउटा पुस्ताबाट अर्को पुस्तामा पुस्तारन्तरण हुने गरेको देखिएको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ८ : ०३ बजे

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता 

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ