इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण: विश्वव्यापी सुरक्षा खतरा बढेको नेतान्याहुको दाबी « Khabarhub

इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण: विश्वव्यापी सुरक्षा खतरा बढेको नेतान्याहुको दाबी

इरानसँगको युद्धलाई नेतान्याहुले दिए ‘अस्तित्वको लडाइँ’ को संज्ञा


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि जेरुसेलमको आकाशमा ठूला विस्फोटका आवाज सुनिएका छन् । यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उक्त सैन्य कारबाहीमा इजरायलले ‘एक्लै कदम चालेको’ बताएका छन् ।

प्रधानमन्त्री नेतान्याहुले यो युद्धलाई इजरायलका लागि मात्र नभई सम्पूर्ण विश्वकै अस्तित्वका लागि खतराका विरुद्धको लडाइँका रूपमा स्थापित गर्न खोजेका छन् । पत्रकार सम्मेलनका क्रममा उनले आफ्नो दृष्टिकोणबाट यो युद्धको मुख्य उद्देश्य के हो भन्ने कुरा स्पष्ट पारेका छन् ।

सम्बोधनको सुरुवातमा नेतान्याहुले हिब्रु भाषामा लामो भाषण दिँदै इजरायली जनताको धैर्य र दृढताको प्रशंसा गरे । उनले आगामी दिनमा पनि जनतामा यस्तै अडिगता आवश्यक रहेको संकेत समेत गरे ।

आफ्नो भाषणको अंग्रेजी अंशमा भने उनले विश्व समुदायलाई लक्षित गर्दै उस्तै सन्देश दिए । यो विषयमा अदूरदर्शी हुनु गल्ती हुने भन्दै उनले सबैलाई संयम र दृढ रहन आग्रह गरे ।

नेतान्याहुले दाबी गरेअनुसार यदि यो सैन्य कदम नचालिएको भए इरानबाट प्रहार गरिने मिसाइलहरूमा आणविक हतियार हुने सम्भावना रहन्थ्यो । अमेरिकी नागरिकहरूलाई सचेत गराउँदै उनले भने, “यसको मारमा तपाईंहरू पनि पर्न सक्नुहुन्छ ।”

उनले यो युद्धलाई इरानद्वारा इजरायलमाथि मात्र नभई विश्वकै अस्तित्वमाथि आइलागेको संकटका रूपमा व्याख्या गरिरहेका छन् । यसका साथै नेतान्याहुले इजरायल र अमेरिकाबीच कुनै पनि विषयमा मतभेद नरहेको सन्देश दिने प्रयत्न गरेका छन्। दुई देशबीच दूरी बढेको भन्ने कुरालाई उनले ‘भ्रामक समाचार’ को संज्ञा दिएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ६ : ०१ बजे

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट