कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत « Khabarhub

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गरेको छ।

बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामा केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले अस्वीकृत गर्ने निर्णय गरेको हो ।

उपसभापति शर्माकै अध्यक्षतामा बसेको बैठकले फागुन २१ गतेको निर्वाचनको समीक्षा र पार्टीको नियमित पन्ध्रौँ महाधिवेशनबारे पनि छलफल गरेको छ।

बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गरेको जानकारी सह-महामन्त्री बहादुरसिंह लामाले दिएका छन् ।

थापा अनुपस्थित रहेपछि सभापतिको कुर्सी खाली राखेर बैठक सञ्चालन गरिएको थियो। बैठकको नेतृत्व उपसभापति विश्वप्रकाश शर्माले गरेका थिए ।

प्रतिनिधिसभा निर्वाचनको समीक्षा र भावी रणनीति तय गर्ने उद्देश्यले बोलाइएको बैठकमा दुईवटा प्रस्ताव पेश गरिएको थियो ।

बैठकमा थापाको राजीनामाबारे छलफल गरेर प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा पनि भएको छ।

बैठकमा पेश गरिएका प्रस्तावहरूमा पहिलो, सभापति गगनकुमार थापाले दिएको राजीनामासम्बन्धी विषय र दोस्रो, प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक समीक्षा समेटिएको थियो ।

बैठकका प्रस्ताव :
१. नेपाली कांग्रेसका केन्द्रीय सभापति श्री गगनकुमार थापाले सभापति पदबाट दिनु भएको राजीनामा सम्बन्धमा ।

२. प्रतिनिधि सभा सदस्य निर्वाचन– २०६२ को सम्बन्धमा प्रारम्भिक समीक्षा ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ३ : १४ बजे

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ५ : ०४ बजे

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ- काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ

जुम्ला – जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो

सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध सडकबाटै खबरदारी गर्छौँ : युवा नेता पराजुली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुदेश पराजुलीले

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

ख्वप (भक्तपुर)- भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई