साप्ताहिक ब्रिफिङ : हारको समीक्षा गर्दै कांग्रेस, सभापति थापाको राजीनामा अस्वीकृत, बालेनको सपथ चैत १३ मा र इरानलाई ट्रम्पको अर्को चेतावनी « Khabarhub

साप्ताहिक ब्रिफिङ : हारको समीक्षा गर्दै कांग्रेस, सभापति थापाको राजीनामा अस्वीकृत, बालेनको सपथ चैत १३ मा र इरानलाई ट्रम्पको अर्को चेतावनी


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए ।

खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ ।

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गरेको छ।

बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामा केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले अस्वीकृत गर्ने निर्णय गरेको हो ।

अर्जुननरसिंहले गरे कांग्रेस संसदीय दलको नेतामा दाबी

गुरूराजले भने : अब विगतको तितो बिर्सिएर पन्ध्रौँ महाधिवेशनतिर लागौँ

रास्वपाको जितबारे कांग्रेसको निष्कर्ष : असन्तुष्टिको उपज, लोकप्रियतावाद र मतदातामा एल्गोरिदमको एकोहोरो प्रभाव

लज्जास्पद हारबारे कांग्रेसको निष्कर्ष : चुनावी गठबन्धन घातक, एमालेसँग सत्ता सहकार्यले सबैभन्दा घाटा

कांग्रेसको समीक्षा : एमालेसँगको गठबन्धनसहित यी कारणले भयो चुनावमा हार

माधव नेपाल भन्छन् : प्रचण्ड र मलाई पार्टीबाट कसैले बिदा हुनु भन्नु भएको छैन

नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले पार्टीबाट कसैले पनि बिदा हुनु नभनेको बताएका छन्।

संयोजक पुष्पकमल दाहा प्रचण्ड र आफूलाई नेतृत्वबाट बिदा हुनु भनेर कसैले पनि नभनेको उनले दाबी गरेका छन् ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको पार्टी बैठकमा युवा नेताहरूले नेकपा संयोजक प्रचण्ड र सह-संयोजक नेपाललाई बिदा हुनु भनेका थिए ।

तर नेताहरूले आफूहरू दुवैजनाई यस्तो कुरा गरेकोबारे उनले इन्कार गरेका छन् ।

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन 

रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार खगिन्द्रा खुशीलाई

निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त

देशभर विपद्का ३१ घटना, एक जनाको मृत्यु, ४ जना घाइते

पछिल्लो २४ घण्टामा भएका विभिन्न विपदका घटनामा परी १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशभर पछिल्लो विवरणअनुसार ३१ वटा विपद्का घटना दर्ता भएका छन् ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म २२ जिल्लामा यी घटनाहरू फैलिएका छन् । विभिन्न प्रकारका विपदमध्ये आगलागी सबैभन्दा बढी देखिएको छ, जसका २५ वटा घटना दर्ता भएका छन् ।

यसैगरी, सर्पदंश, चट्याङ, हावाहुरी तथा वन्यजन्तु आक्रमणका घटनासमेत भएका छन् । सर्पदंशबाट एक जनाको मृत्यु भएको जनाइएको छ । अन्य घटनामा ४ जना घाइते भएका छन् ।

मौसम बिग्रिँदा विमानस्थल प्रभावित, चीनबाट आएको जहाज भारततिर डाइभर्ट

काठमाडौं उपत्यकासहित देशभर वर्षात्, तराई क्षेत्रमा हुरीसहित असिना पानी !

काठमाडौंमा हुरीबताससहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह

वर्षाले काठमाडौंमा ट्राफिक जाम बढ्यो, सुरक्षित यात्रा गर्न आग्रह

पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध

मुक्तिक्षेत्रमा भारी हिमपात, सडकसमेत अवरुद्ध हुनसक्ने

अमेरिकी तेल नाकाबन्दीको सामना गर्दै एक क्युवालीले चलाए कोइलाबाट गाडी

रविको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दामा थप कागजात झिकाउन आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले रविको मुद्दा फिर्ताविरूद्ध युवराज पौडेल सफलसहितले हालेको रिटमा महान्यायाधिवक्ताको कार्यालयका नाममा यस्तो आदेश दिएको हो।

इजलासले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीको लिखित जवाफमा उल्लेख गरिएको अभियोगपत्र संशोधनसम्बन्धी ‘त्रुटि सच्याइएको’ भनिएको गत माघ २ गतेको टिप्पणी आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयबाट पेश नभएको भन्दै उक्त कागजात झिकाउन निर्देशन दिएको छ।

यसकाा साथै उक्त टिप्पणी आदेशसँग सम्बन्धित अन्य प्रमाणहरू समेत झिकाई यसअघि गत माघ २७ गते भएको आदेशअनुसार मुद्दाको थप प्रक्रिया अगाडि बढाउन भनिएको छ। इजलासले उक्त मुद्दा तथा सम्बन्धित अन्य मुद्दाहरू समेत सँगै राखी आगामी चैत ९ गते हेर्न नमिल्ने न्यायाधीशरहित इजलाससमक्ष पेश गर्न पनि आदेश दिएको छ।

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

आशिकाविरुद्ध उत्रिए धादिङका सबै स्थानीय तह, गैरकानुनी निर्देशन नमान्ने

निर्वाचन प्रणाली सुधारमा नयाँ संसद गम्भीर हुनेमा आयुक्त भण्डारीको विश्वास

संविधानको धारा ७६ (१) अनुसारको सरकार गठन हुँदै

समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

नयाँ सांसदहरूको शपथ चैत १२ गते दिउँसो सिंहदरबार परिसरमा

सभापतिको राजीनामाबारे केन्द्रीय समिति बैठकले निर्णय गर्छ : प्रवक्ता चालिसे

कांग्रेसका ७८ वर्षीय केसीले अरू सांसदलाई शपथ खुवाउने

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी २८ देखि हालसम्म करिब ३ लाख मानिस खाडी मुलुकहरूबाट भारत फर्किएका छन्।

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (गल्फ) असीम आर महाजनका अनुसार यूएईबाट शुक्रबार पनि करिब ९० वटा उडान सञ्चालन भइरहेका छन्। ओमान र साउदी अरेबियाबाट पनि नियमित उडान जारी रहेको उनले बताए।

अमेरिकी तेल नाकाबन्दीको सामना गर्दै एक क्युवालीले चलाए कोइलाबाट गाडी

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

इरानी आक्रमणले कतारलाई ठूलो क्षति : ग्यास आपूर्ति कम्तीमा ५ वर्ष प्रभावित हुन सक्ने

इरानी सेनाका प्रवक्ता इजरायली आक्रमणमा मारिए

अमेरिकी एफ-३५ लडाकु जेटमा इरानी सेनाको निशाना, क्षतिग्रस्त भएपछि आपतकालीन अवतरण

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

इरानमा आक्रमण गरेर फर्किएको अमेरिकी सैन्य विमानको आकस्मिक अवतरण

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास क्षेत्र ‘साउथ पार्स’ पूर्ण रूपमा ध्वस्त पारिदिने चेतावनी दिएका छन्। बुधबार राति इजरायलले इरानको ग्यास क्षेत्रमा गरेको आक्रमणको प्रतिशोध स्वरूप इरानले कतारको औद्योगिक क्षेत्रमा प्रहार गरेपछि ट्रम्पको यस्तो कडा प्रतिक्रिया दिएका हुन् ।

आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक लामो सन्देश लेख्दै ट्रम्पले इजरायलले गरेको उक्त आक्रमणबारे अमेरिकालाई कुनै जानकारी नभएको स्पष्ट पारेका छन् ।

इरानले कतारको ‘रास लाफान’ क्षेत्रमा गरेको आक्रमणलाई ‘अन्यायपूर्ण’ संज्ञा दिँदै उनले आगामी दिनमा कतारमाथि पुनः आक्रमण भए गम्भीर परिणाम भोग्नुपर्ने बताएका हुन् ।

‘रास लाफान’ विश्वकै ठुलो तरल प्राकृतिक ग्यास प्रशोधन केन्द्र भएको औद्योगिक क्षेत्र हो ।

इरान युद्धमा एक्लिँदै ट्रम्प : नाटो देशहरूले भने, ‘त्यो हाम्रो लडाइँ होइन’

प्रहरीका हत्या आरोपी ३ जनालाई इरानमा फाँसी दिइयो

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ७ : ३९ बजे

गुल्मीमा चट्याङ लागेर ६ जना घाइते

गुल्मी- वर्षासँगै परेको चट्याङ लागेर गुल्मीका विभिन्न स्थानमा छ जना

स्याङ्जाको मालुङ्गामा चितुवा मृत फेला

६ चैत, वालिङ (स्याङ्जा)- स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा बसिन्डाँडामा मरेको

स्याङ्जाको मालुङ्गामा चितुवा मृत फेला

स्याङ्जा – स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा बसिन्डाँडामा मरेको चितुवा फेला

दुम्कीवास-दाउन्ने खण्डमा तीन रात ठूला मालवाहक सवारी चलाउन रोक

काठमाडौं- नारायणघाट–बुटवल सडक खण्डमा रातिको समयमा ठूला मालवाहक सवारी चलाउन

ग्यास अभावको असरः भारतमा रहेका नेपाली मजदुर फर्किंँदै

सुदूरपश्चिम – भारतका विभिन्न सहरमा होटल तथा व्यवसायमा मजदुरी गर्ने