मानव अधिकारको पक्षमा काम गर्न बंगलादेशका प्रधानमन्त्रीलाई नौ संस्थाको आग्रह « Khabarhub

मानव अधिकारको पक्षमा काम गर्न बंगलादेशका प्रधानमन्त्रीलाई नौ संस्थाको आग्रह


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नौ अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरूले मानव अधिकारलाई प्राथमिकता दिन आग्रह गर्दै बंगलादेशका प्रधानमन्त्री तारिक रहमानलाई संयुक्त पत्र लेखेका छन् । रहमान गत फेब्रुअरीको निर्वाचनमा भारी बहुमतका साथ प्रधानमन्त्री निर्वाचित भएका थिए ।

सन् २०२४ को जनआन्दोलनपछि शेख हसिनाको १५ वर्षे शासन अन्त्य भएसँगै गठित अन्तरिम सरकारले केही सुधारको पहल गरेपनि राजनीतिक प्रतिशोध भने रोक्न सकेको थिएन । ह्युमन राइट्स वाचका अनुसार पत्रकार, धार्मिक अल्पसंख्यक र सांस्कृतिक केन्द्रहरूलाई लक्षित गरी अझै आक्रमण भइरहेका छन् ।

मानव अधिकारवादीहरूले स्वेच्छाचारी गिरफ्तारी रोक्न र विगतका अपराधमा दोषीलाई कारबाही गर्न माग गरेका छन् । उनीहरूले विवादास्पद ‘र्‍यापिड एक्सन बटालियन’ खारेज गर्न पनि सुझाव दिएका छन् ।

अल्पसंख्यक र रोहिंग्या शरणार्थीको सुरक्षा सरकारको प्रमुख दायित्व हुनुपर्ने उनीहरूको भनाइ छ । यसरी पत्र लेख्ने संस्थाहरुमा एमनेस्टी इन्टरनेसनल, आर्टिकल १९, सीपीजे, सिभिकस, एफआईडीएच, फोर्टिफाई राइट्स, ह्युमन राइट्स वाच, केनेडी मानव अधिकार केन्द्र र टेकग्लोबल इन्स्टिच्युट रहेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ६ : ०३ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६