प्रधानमन्त्री शाहले आज विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै « Khabarhub

प्रधानमन्त्री शाहले आज विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज  विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दैछन् ।  बैठक मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलमा बोलाइएको छ ।

​बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानहरूका समसामयिक समस्या र समाधानका उपायहरूबारे विमर्श हुनेछ । यस्तै कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल हुनेछ ।

बैठकमा त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल, पोखरा र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति हुनेछन् ।

यसैगरी, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय लगायतका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री शाहले संवाद गर्नेछन् ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  १० : २६ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने