बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त « Khabarhub

बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– देशको राज्यव्यवस्था सञ्चालन र सुशासनबारे बालबालिकालाई जानकारी दिने उद्देश्यले सूर्यविनायक नगरपालिकाले बाल संसद् अभ्यास सुरु भएको छ । 

भोलिका भविष्यका रुपमा रहेका बालबालिकालाई वडा तहदेखि नगरपालिका र संसद्सम्मको व्यवस्था सञ्चालन कसरी गर्ने भन्नेबारेमा जानकारी दिन चार दिने अभ्यास प्रशिक्षण आजदेखि सुरु भएको हो ।

कन्र्सोटियम नेपालको सहआयोजना तथा सिविसलगायत विभिन्न संस्थाको सहयोगमा सूर्य विनायक नगरपालिकाभित्रका विभिन्न बालक्लबका प्रतिनिधिहरूसहित ७८ बालबालिकाको सहभागिता रहेको नमूना बालनगरसभा कार्यक्रमकी संयोजक एवं कन्र्सोटियम नेपालकी उपाध्यक्ष अनिता पाण्डेले जानकारी दिइन् । 

बाल सहभागिता संविधानदेखि व्यवहारसम्म भन्ने मूल उद्देश्यका साथ सञ्चालन भएको सभाको नगरपालिकाकी उपप्रमुख सरिता भट्टराईले उद्घाटन गइन् । 

सभाले बालबालिकाको आवाज र नीतिमा सकारात्मक ऊर्जा दिने बताउँदै उपाध्यक्ष पाण्डेले नमूना बालनगरसभाले बालबालिकालाई स्थानीय शासन प्रक्रियामा सहभागी गराउने, उनीहरूको आवाज सुन्ने र उनीहरूको आवश्यकता तथा अधिकारलाई नीतिगत तहसम्म पुर्‍याउने अभ्यासले भावी दिनमा देशलाई पनि सकारात्मक बाटोमा लैजान टेवा पुग्ने बताइन् । उनले बालमैत्री स्थानीय शासनको प्रभावकारी कार्यान्वयनका लागि यो अभ्यास एक महत्त्वपूर्ण ‘प्लेटफर्म’ भएको बताइन्। 

उपाध्यक्ष पाण्डेले नमूना सभा अभ्यासबाट बालबालिकालाई लोकतान्त्रिक प्रक्रिया र स्थानीय शासनबारे व्यावहारिक ज्ञान दिने सक्षम हुने बताउँदै बालबालिकाको आवाज, विचार एवं मागलाई नीति तथा कार्यक्रमसँग जोड्ने बताइन् । 

बालबालिकामा नेतृत्व, आत्मविश्वास र अभिव्यक्ति क्षमता विकास गर्ने र वडा तहदेखि नगरपालिका हुँदै संसद्सम्म ऐन, नीति, नियम कसरी निर्माण गर्ने, जनताको आवश्यकताको पहिचान कसरी गर्ने, सुशासन कसरी कायम गर्ने, निर्वाचन कसरी गर्ने, निर्वाचनपछि राज्यव्यवस्था सञ्चालन कसरी गर्ने भन्नेबारेमा प्रयोगात्मक रुपमा अभ्यास गर्ने र बालबालिकालाई सक्षम बनाउने उनले बताइन् । 

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  २ : १४ बजे

कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी

दाङ– दाङको घोराही उपमहानगरपालिका–२ निमुरियाकी मुना चौधरी स्थानीयस्तरमा सञ्चालनमा रहेको

बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रवाङका एक दम्पतीले बिहेभोजमा हुने खर्च

गोप्य मतदानमै घात गर्ने कार्यकर्ता किन चाहियो ?

नेपाली राजनीतिको इतिहासले समय–समयमा दलहरूलाई आत्मसमीक्षा गर्न बाध्य पारेको छ

संघीय संसदका दुवै सदनमा आजदेखि ‘प्रि–बजेट’ छलफल हुँदै

काठमाडौँ– संघीय संसद अन्गर्त प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

पोखराको विजयपुर खोला किनारमा तरबुजाखेती, मनग्य आम्दानी

गण्डकी– पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा