गण्डकी गोपाल गौशालामा थपिए पूर्वाधार « Khabarhub

गण्डकी गोपाल गौशालामा थपिए पूर्वाधार


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

पर्वत– जलजला गाउँपालिका–७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालामा धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण गरिएका छन् । गौशालालाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने लक्ष्यसहित सङ्घीय सरकार र स्थानीय जलजला गाउँपालिकाको करिब रु साढे चार करोड बराबरको संयुक्त लगानीमा संरचना निर्माण गरिएका हुन् ।

गाउँपालिका र सङ्घीय सरकारको ५०/५० प्रतिशत लागत साझेदारीमा आर्थिक वर्ष २०८०/८१ मा विनियोजित एक करोड २५ लाख ८५ हजार २३२ रुपैयाँ बजेटबाट धर्मशाला, हवनकुण्ड, कुटी, ध्यानकुटी, सभाहललगायतका संरचना निर्माण गरिएका थिए ।

आव २०८१/८२ मा सङ्घीय सरकारको करिब तीन करोड रुपैयाँ समपूरक अनुदानमा आश्रमस्थल, सभाहल, थप ध्यानकुटी र मन्दिरलगायत संरचना निर्माण गरिएको गाउँपालिकाका इन्जिनियर सुनिल बानियाँले जानकारी दिए । 

योजना कार्यान्वयनका लागि सुनामी एसएण्डएस जेभीसँग विसं २०८१ पुस ४ गते दुई करोड २० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । यही असार १५ भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । 

यहाँ करिब चार सय जना अटाउने सभाहल, मन्दिर, चारवटा ध्यान केन्द्र, सत्तल, हवनकुण्ड, परिसरमा ढुङ्गा छपाइ तथा शौचालयलगायत संरचना निर्माण सम्पन्न भएका गाउँपालिकाका इन्जिनियर बानियाँले बताए ।
 
स्थानीय जातका गाईको संरक्षण गर्दै आएको गौशाला क्षेत्रलाई तीर्थस्थल तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण गरिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । यहाँ निर्माण गर्न बाँकी केही संरचना गाउँपालिकाले थप बजेट विनियोजन गरी सम्पन्न गर्ने उनले जानकारी दिए । 

गौशाला, वराह शिवालय र प्रसिद्ध धार्मिकस्थल भुमेठाकुरलाई धार्मिक ‘सर्किट’का रूपमा जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको अध्यक्ष आचार्यले बताए  । 

विसं २०७१ मा मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा स्थानीयवासीको सक्रियतामा आठ वटा गाईबाट सुरु गरिएको गौशालामा हाल ५० भन्दाबढी गाई छन् । 

यसअघि गौ महोत्सवबाट संकलित रकम र प्रदेश तथा स्थानीय सरकारको बजेटबाट पनि केही संरचना निर्माण भइसकेका छन् । गौशालाको समग्र विकासका लागि करिब १२ करोड रुपैयाँ बराबरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ ।

गौशालामा व्यवस्थित पूर्वाधार विकास गरी प्रचारप्रसार गर्न सके मुक्तिनाथ दर्शनका लागि आउने भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीय दिपक आचार्यको भनाइ छ । यहाँबाट पर्वत, म्याग्दी र बागलुङका रमणीय दृश्य अवलोकन गर्न सकिने उनले जानकारी दिए  । 

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ४ : ५८ बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका