अमेरिकी सेनामाथि हमला गर्दा इरानले चिनियाँ जासुसी उपग्रह प्रयोग गरेको खुलासा « Khabarhub

अमेरिकी सेनामाथि हमला गर्दा इरानले चिनियाँ जासुसी उपग्रह प्रयोग गरेको खुलासा


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानले सन् २०२४ को अन्त्यतिर गोप्य रूपमा एउटा चिनियाँ जासुसी उपग्रह प्राप्त गरेको र त्यसैको सहयोगमा हाल जारी युद्धका क्रममा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूलाई निशाना बनाइरहेको दाबी ‘फाइनान्सियल टाइम्स’ले गरेको छ । सो प्रतिवेदनका अनुसार चिनियाँ कम्पनी ‘अर्थ आई’ले निर्माण गरेको ‘टीईई-०१बी’ नामक उपग्रह इरानको रिभोलुसनरी गार्ड्सले प्राप्त गरेको हो ।

सैन्य दस्तावेजहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार इरानी कमाण्डरहरूले यस उपग्रहलाई मुख्य अमेरिकी सैन्य स्थलहरूको निगरानी गर्न प्रयोग गरेका थिए। त्यहाँ भएका ड्रोन र मिसाइल आक्रमणहरू अघि र पछिका तस्बिरहरू पनि उपग्रहबाट लिइएको दाबी गरिएको छ।

यस सम्झौता अन्तर्गत इरानले बेइजिङस्थित एउटा कम्पनीको स्याटेलाइट नियन्त्रण नेटवर्कमा समेत पहुँच पाएको बताइएको छ। चीनले भने यो समाचारको खण्डन गर्दै यसलाई ‘दुर्भावनापूर्ण हल्ला’ भनेको छ।

चिनियाँ विदेश मन्त्रालयले चीनलाई बदनाम गराउन यस्ता कपोलकल्पित कुराहरू फैलाइएको दाबी गरेको छ। यता ह्वाइट हाउस र अमेरिकी रक्षा मन्त्रालयले यसबारे आधिकारिक टिप्पणी नगरे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई इरानलाई सैन्य सहयोग नगर्न चेतावनी दिँदै आएका छन्। वासिङ्टनस्थित चिनियाँ दूतावासले पनि यसलाई आधारहीन सूचना भन्दै विरोध जनाएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ३ : ०५ बजे

सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका

दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद

काठमाडौं– सशस्त्र प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका-६ मगरथानाबाट आज करिब दुई

बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नुवाकोट– नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

काठमाडौं- रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक विदेशी नागरिकको उद्धार