बेइजिङ भ्रमणमा ‘पावर अफ साइबेरिया-२’ ग्यास पाइपलाइन पुटिनको मुख्य मुद्दा « Khabarhub

बेइजिङ भ्रमणमा ‘पावर अफ साइबेरिया-२’ ग्यास पाइपलाइन पुटिनको मुख्य मुद्दा


६ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

इजिङ- रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चीन भ्रमणका क्रममा ऊर्जा सुरक्षा र ‘पावर अफ साइबेरिया-२’ ग्यास पाइपलाइनलाई प्रमुख मुद्दा बनाएका छन्।

चार वर्षदेखि जारी युक्रेन युद्धपछि युरोपमा रुसी ग्यासको माग घट्दा मस्कोले अब चीनमा ऊर्जा निर्यात बढाउने आशा गरेको छ।

रुस र चीनको सम्बन्धलाई अमेरिका-चीन सम्बन्धबाट अलग राख्दै पुटिन र शी चिनफिङको निकटतालाई जोड दिइएको छ।

पुटिन अहिलेसम्म २५ पटक चीन गएका छन् भने दुवै नेताबीच ४० भन्दा बढी भेटवार्ता भइसकेको छ। यो भ्रमणको उद्देश्य दुवै देशबीच रणनीतिक सहयोगलाई थप मजबुत बनाउनु रहेको छ।

पुटिनसँगै व्यवसायी र सरकारी अधिकारीहरूको ठूलो प्रतिनिधिमण्डल पनि चीन पुगेको छ। क्रेमलिनका अनुसार दुवै देशले अर्थव्यवस्था, पर्यटन, शिक्षा लगायत विभिन्न क्षेत्रमा करिब ४० समझौताहरूमा हस्ताक्षर गर्न सक्नेछन्।

पुटिनको मुख्य प्राथमिकता ‘पावर अफ साइबेरिया-२’ ग्यास पाइपलाइन परियोजनालाई अघि बढाउनु हो। युक्रेन युद्धपछि युरोपमा रुसी ग्यास निर्यात लगभग रोकिएको छ।

युद्धको पाँचौं वर्षमा पुगेको रुसलाई नयाँ राजस्व स्रोतको आवश्यकता छ, त्यसैले मस्कोले चीनसँग ऊर्जा साझेदारी बढाउने प्रयास गरिरहेको छ।

तर चीन अहिलेसम्म यो परियोजनाप्रति पूर्ण रूपमा आश्वस्त देखिएको छैन। दुवै देशबीच ग्यासको मूल्यलाई लिएर मतभेद कायमै छ। यसका साथै चीन आफ्नो ऊर्जा आवश्यकताका लागि कुनै एक देशमा मात्रै अत्यधिक निर्भर हुन चाहँदैन।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  ११ : ५६ बजे

सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

काभ्रेपलाञ्चोक – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका

टिकटकमा राजेश हमालका नाममा फेक अकाउन्ट, भ्रममा नपर्न आग्रह

काठमाडौं – अभिनेता राजेश हमालले आफ्नो नाम र तस्बिर प्रयोग

पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन पौडीमा

बालिकामाथि बलात्कारको आरोपमा ससुरा पक्राउ, कुटपिट गर्ने छोरा पनि समातिए

विराटनगर – मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग

हङकङ – अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित कम्पनीका