भारतको ग्रेट निकोबारमा १० अर्ब डलरको पूर्वाधार परियोजना अघि बढ्दै « Khabarhub

भारतको ग्रेट निकोबारमा १० अर्ब डलरको पूर्वाधार परियोजना अघि बढ्दै


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत सरकारले हिन्द महासागरको पूर्वी क्षेत्रमा आफ्नो रणनीतिक उपस्थितिलाई बलियो बनाउने उद्देश्यका साथ ग्रेट निकोबार टापुमा करिब १० अर्ब अमेरिकी डलरको विशाल पूर्वाधार परियोजनालाई तीव्रता दिएको छ ।

हालै सम्पन्न क्षेत्रीय चुनावमा निकै राम्रो नतिजा हात पारेसँगै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा यस परियोजनाका उद्देश्य र फाइदाहरूबारे थुप्रै जानकारीहरू शेयर गरेको छ । पार्टीका अनुसार यो योजना केवल पूर्वाधार निर्माण मात्र नभएर विश्वव्यापी व्यापारिक मार्गको सुरक्षा, ऊर्जा सुरक्षाको ग्यारेन्टी र दीर्घकालीन रणनीतिक क्षमताको विकाससँग जोडिएको छ ।

मलक्का स्ट्रेट नजिकै अवस्थित अन्डामान र निकोबार द्वीपसमूहको यो दुर्गम टापुमा योजना गरिएको परियोजना विगत तीन दशकदेखि सुस्त अवस्थामा थियो । तर, प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले यसलाई ब्युँताउँदै एउटा ठूलो अन्तर्राष्ट्रिय ट्रान्ससिपमेन्ट टर्मिनल, सैन्य र नागरिक दुवै प्रयोजनका लागि उपयोगी हुने अन्तर्राष्ट्रिय विमानस्थल, विद्युत् आयोजना र साढे ६ लाख मानिस बस्न सक्ने आधुनिक सहर निर्माण गर्ने योजना अघि सारेको छ । गत वर्षदेखि सुरु भएको यस परियोजनाको पहिलो चरण सन् २०३५ सम्म चल्नेछ । यो चरणमा मुख्य रूपमा गालाथिया खाडीको कन्टेनर टर्मिनल, विमानस्थल र ऊर्जा प्लान्टहरू जस्ता आधारभूत पूर्वाधार निर्माणमा जोड दिइनेछ ।

सार्वजनिक रूपमा उपलब्ध सरकारी कागजातहरूमा यस परियोजनाको पहिलो चरणका लागि वार्षिक बजेटको विस्तृत विवरण खुलाइएको छैन । यद्यपि, प्रस्तावित गालाथिया खाडी ट्रान्ससिपमेन्ट टर्मिनलको मात्रै अनुमानित लागत करिब ४८८ अर्ब भारतीय रुपैयाँ (५ अर्ब डलर) रहेको छ । यस परियोजनालाई व्यावसायिक रूपमा सफल बनाउन सरकारले करिब १२२ अर्ब रुपैयाँ अनुदान सहयोग दिने प्रस्ताव गरेको छ ।

विश्वकै सबैभन्दा व्यस्त पूर्व-पश्चिम समुद्री व्यापारिक मार्गबाट ​​करिब ७४ किलोमिटर (४० समुद्री माइल) मात्र टाढा रहेको ग्रेट निकोबारलाई भारतले सधैँ आफ्नो महत्त्वपूर्ण रणनीतिक समुद्री सम्पत्तिका रूपमा हेर्दै आएको छ । पछिल्लो समय हर्मुज स्ट्रेट जस्ता मुख्य जलमार्गहरूमा बढ्दो भू-राजनीतिक प्रतिस्पर्धा र यस क्षेत्रमा चीनको बढ्दो उपस्थितिका बीच यो टापु भारतका लागि झनै महत्त्वपूर्ण बनेको छ ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  ६ : ५९ बजे

रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री शाहबीच भेटवार्ता

काठमाडौं- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि

सहकारी बेथिति प्रतिवेदन कार्यान्वयन, १४ कर्मचारीलाई सोधियो स्पष्टीकरण

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

प्रधानमन्त्रीले माफी मागुन्, नदीले बाटो फेर्दैमा सीमा मिचेको मानिँदैन : पूर्वराजदूत आचार्य

काठमाडौं- भारतका लागि पूर्वराजदूत नीलाम्बर आचार्य प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले

सालकको खपडासहित दोलखामा वृद्ध पक्राउ

दोलखा– दुर्लभ तथा संरक्षित वन्यजन्तु सालकको खपडा लुकाई राखेको आरोपमा