पहिलो विदेश भ्रमणका क्रममा बङ्गलादेशी प्रधानमन्त्री रहमान मलेसिया हुँदै चीन जाने « Khabarhub

पहिलो विदेश भ्रमणका क्रममा बङ्गलादेशी प्रधानमन्त्री रहमान मलेसिया हुँदै चीन जाने


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

ढाका- बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले पदभार ग्रहणपछि आफ्नो पहिलो विदेश भ्रमणका रूपमा मलेसिया र चीनको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले छिमेकी भारतमा प्रारम्भिक गन्तव्यका रूपमा नगई सो भ्रमण गर्न लागेका हुन् ।

प्रधानमन्त्री रहमान आइतबार मलेसिया प्रस्थान गर्ने र त्यसपछि भोलिपल्ट चीनको राजधानी बेइजिङ पुग्ने कार्यतालिका रहेको बङ्गलादेशी सरकारी समाचार संस्था (बिएसएस)ले परराष्ट्र मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ । प्रधानमन्त्री रहमान बेइजिङमा रहँदा व्यापार तथा पूर्वाधारसम्बन्धी विषयहरू छलफलको मुख्य ‘एजेन्डा’ रहने बताइएको छ ।

त्यसमा दीर्घकालदेखि अल्झिएको टिस्टा नदी परियोजनामा चिनियाँ सहयोगसमेत समावेश हुन सक्ने जनाइएको छ । उक्त परियोजना नदी व्यवस्थापन, ड्रेजिङ, तटबन्ध निर्माण र सिँचाइ सुधारसँग सम्बन्धित छ । परराष्ट्र मन्त्रालयले यी भ्रमणलाई बङ्गलादेशको आर्थिक साझेदारी सुदृढ गर्ने उद्देश्यले गरिएको महत्वपूर्ण कूटनीतिक पहलका रूपमा व्याख्या गरेको बिएसएसले जनाएको छ ।

मलेसियामा करिब आठ लाख बङ्गलादेशी कामदार कार्यरत छन्, जुन त्यहाँको विदेशी श्रमशक्तिको एक तिहाइभन्दा बढी हो । सन् २०२४ को राजनीतिक परिवर्तनपछि बङ्गलादेश–भारत सम्बन्धमा तनाव देखिएको छ । त्यतिबेला तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकार ढलेपछि नयाँ राजनीतिक परिस्थिति बनेको थियो ।

हालका प्रधानमन्त्री रहमानले गत फेब्रुअरीमा सम्पन्न निर्वाचनपछि सत्ता सम्हालेसँगै छिमेकी भारतसँग सम्बन्ध सुधारको प्रयास भइरहेको भए पनि केही विषयमा असमझदारी कायमै रहेको बताइएको छ । हसिना भारतमा आश्रयरत रहेको र बङ्गलादेशले उनको सुपुर्दगी माग गर्दै आएको विषयले पनि दुई देशबीच कूटनीतिक तनाव बढाएको जनाइएको छ ।

सीमा क्षेत्रमा अवैध आप्रवासनसम्बन्धी विवादले समेत सम्बन्धलाई प्रभावित पारेको छ । यसैबीच, दक्षिण एसियामा प्रभाव विस्तारका लागि भारत र चीनबीच प्रतिस्पर्धा जारी रहेको विश्लेषकहरूले बताएका छन् ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ६ : ०३ बजे

विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा

अमेरिका-साउदीले गरे आणविक सम्झौता: ऊर्जा सहकार्य कि नयाँ सुरक्षा जोखिम ?

काठमाडौँ – अमेरिका र साउदी अरेबियाबीच एक महत्त्वपूर्ण परमाणु सम्झौतामा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन ७ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन ७ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ७ गते बिहीबार सन् २०२६