जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व संकलन « Khabarhub

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व संकलन


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष २०८२-८३ मा एक करोड १४ लाख नौ हजार ५०१ राजस्व संकलन गरेको छ । 

प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले  आव २०८२-८३ मा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूबाट १२ हजार ६०३ सवारीसाधनमाथि कारबाही गर्दा एक करोड १४ लाख नौ हजार ५०१ राजस्व संकलन भएको जानकारी दिए ।  

आव २०८१-८२ मा २८ हजार ५३८ सवारीसाधनमाथि कारबाही गर्दा दुई करोड २१ लाख १० हजार ५०० राजस्व संकलन गरेको थियो । धनुषा जिल्लामा आव २०८२-८३ मा भएको एक हजार ३५८ सवारी दुर्घटनामा परी ८२ जनाको मृत्यु भएको छ भने दुई हजार १९८ जना घाइते भएका छन् । 

अघिल्लो आव २०८१-८२ मा धनुषामा एक हजार २२१ सवारी दुर्घटना हुँदा ८४ जनाको मृत्यु भएको थियो । 

पछिल्ला केही वर्षयता धनुषा जिल्लामा सवारी दुर्घटना बढे पनि दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्यामा कमी आएको देखिन्छ । सडकको नाजुक अवस्था, मानवीय लापर्वाहीलगायतका कारण बितेका वर्षमा सवारी दुर्घटना केही बढे पनि दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या घटेको प्रहरी निरीक्षक दाहालले बताए। 

पछिल्ला वर्षमा ट्राफिक सचेतना र नियमित ट्राफिक चेकजाँचका कारण सवारी दुर्घटनामा कमी आएको प्रहरी निरीक्षक दाहालको दाबी छ ।
 

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  १ : ३३ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर