लहान खानेपानी संस्थानद्वारा बक्यौता असुलीमा कडाइ « Khabarhub

लहान खानेपानी संस्थानद्वारा बक्यौता असुलीमा कडाइ


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाल खानेपानी संस्थान लहानले लामो समयदेखि महसुल नतिर्ने उपभोक्ताबाट बक्यौता असुली अभियानलाई तीव्र बनाएको छ । संस्थानले घरदैलो कार्यक्रम सञ्चालन गर्नुका साथै बक्यौता नतिर्ने उपभोक्ताको खानेपानी धारा काट्ने कामलाई अघि बढाएको हो ।

शाखा प्रमुख राकेश गोइतका अनुसार हालसम्म महसुल नबुझाउने १४० जना उपभोक्ताको धारा काटिएको छ। बक्यौता रकम भुक्तानी गरे लगत्तै पुनः धारा जडान गरिने व्यवस्था गरिएको उनले बताए। उनका अनुसार हाल रु ७१ लाख ८० हजार ३१६ बक्यौता रकम असुल हुन बाँकी छ । 

बक्यौता नतिर्ने उपभोक्ताको विवरण संकलन गरी कालोसूचीमा राख्ने तयारीसमेत भइरहेको प्रमुख गोइतले जानकारी दिए । उनका अनुसार लहान नगरपालिकाको मात्रै २६ लाख बक्यौता बाँकी छ । 

नगरपालिकाका विभिन्न वडामा जडान गरिएका सार्वजनिक धाराको महसुल भुक्तानी हुन नसक्दा समस्या देखिएको भन्दै उनले सार्वजनिक स्थानमा जडान गरिएका ५६ वटा धारामध्ये हाल १४ वटा मात्रै सञ्चालनमा रहेका जानकारी दिए ।

साथै  घरेलु तथा साना उद्योग कार्यालय, सडक डिभिजन कार्यालय, यान्त्रिक कार्यालय, रामकुमार उमाप्रसाद स्मारक अस्पताल, रेडक्रस सोसाइटीलगायत सरकारी निकाय तथा विभिन्न व्यक्ति र संस्थाबाट पनि बक्यौता उठाउन बाँकी रहेका प्रमुख गोइतले बताए । 

सेवा नियमित र प्रभावकारी बनाउन समयमै महसुल तिर्न सबै उपभोक्तालाई आग्रह गर्दै बक्यौता असुली अभियानलाई अझ कडाइका साथ लागू गरिने उनको भनाइ छ । 
 

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ४ : २१ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर