पाकिस्तानको अस्पतालमा आगलागी : सुरक्षा मापदण्ड कमजोर « Khabarhub

पाकिस्तानको अस्पतालमा आगलागी : सुरक्षा मापदण्ड कमजोर


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको एक अस्पतालमा गत महिना भएको भयानक आगलागीमा १४ जना नवजात शिशुको मृत्यु भएको घटनामा तयार पारिएको आधिकारिक छानबिन प्रतिवेदनले गम्भीर लापरबाही सार्वजनिक गरेको छ । प्रतिवेदनका अनुसार राजधानी इस्लामाबादस्थित पाकिस्तान इन्ष्टिट्युट अफ मेडिकल साइन्स (पिम्स) अस्पतालको नवजात शिशु कक्षमा आगो निभाउने यन्त्र (स्प्रिंकलर) र अग्नि नियन्त्रक युक्तिहरू (फायर अलार्म) को पूर्ण अभाव रहेको थियो ।

उद्धारमा खटिएका अग्नि नियन्त्रकहरूले भने अस्पतालका आकस्मिक उम्कने बाटाहरू (एस्केप रुट) हरू कि त बन्द गरिएको वा अवरुद्ध पारिएको बताएका छन्। नाम नछाप्ने सर्तमा बीबीसीसँग कुरा गरेका एक अग्नि नियन्त्रकले पिएम्स अस्पतालभित्र छिर्न अत्यन्तै कठिन भएको जानकारी दिएका छन्।

उनका अनुसार अस्पतालका ढोकाहरू बन्द भएका कारण उनीहरूले झ्याल फोडेर भित्र छिर्नुपरेको थियो र भित्र प्रवेश गरेपछि पनि वार्डतर्फ जाने ढोकाहरू ताला लगाएर बन्द गरिएको पाइएको थियो। घटनाको अध्ययन गर्न एक सेवानिवृत्त वरिष्ठ निजामती कर्मचारीको नेतृत्वमा गठन गरिएको छानबिन समितिले यसलाई ‘प्रणालीगत र संस्थागत विफलता’ को संज्ञा दिएको छ, जसका कारण सामान्य विद्युतीय सटसर्किटले ठूलो विपद्को रूप लिएको थियो ।

गत अगस्ट २६ तारिखको बिहान अस्पतालमा रहेकाहरूका लागि विपद्को पहिलो संकेत मानिसहरूको चिच्याहट बनेको थियो। प्रत्यक्षदर्शी अब्दुल गफूर आफ्नी आमाको उपचारका लागि अर्को वार्डमा रहेका बेला आगो लागेको सुनेर माथिल्लो तलामा सहयोग गर्न पुगेका थिए ।

उनका अनुसार सम्पूर्ण वार्ड धुँवाद्वारा ढाकिएको थियो र केही पनि देख्न सकिने अवस्था थिएन। करिडोरको सीसीटीभी फुटेजमा आगो कति छिटो फैलियो भन्ने प्रष्ट देखिन्छ। प्रतिवेदन अनुसार बिहान ६:३८ बजे एक नर्स वार्डबाट भागेर सहयोग माग्न गएको देखिन्छिन् र २० सेकेण्डपछि सुरक्षा गार्डसहित फर्किन्छिन्। अर्की नर्स राजीया नोरिन तुरुन्तै वार्डभित्र छिर्छन् र केही सेकेण्डपछि एक शिशुलाई बाहिर निकाल्छिन्, जो सो दुर्घटनामा बाँच्ने एकमात्र शिशु बन्न सफल भइन्। एक मिनेटभित्रै बाक्लो धुँवाले क्यामेराको दृश्यलाई छेकेको थियो।

घटनाको दिन अधिकारीहरूले वार्डको एयर कन्डिसनरको तारमा भएको सटसर्किटबाट आगो सल्किएको अनुमान गरेका थिए। छानबिन प्रतिवेदनले पनि विद्युतीय आपूर्तिको तार अत्यधिक तातेका कारण यही नै आगोको मुख्य स्रोत भएको पुष्टि गरेको छ। त्यसपछि आगोले प्लास्टिक, उपकरण र डस्टबिनहरूमा समाउँदै तीव्र रूपमा फैलिएको थियो। वार्डमा रहेका धेरैजसो शिशुहरू अक्सिजन सपोर्टमा थिए, जसले आगोलाई थप तीव्र बनाउन भूमिका खेले पनि आगो फैलाउने मुख्य कारण भने अक्सिजन नरहेको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ६ : ०३ बजे

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न