डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गर्दै उपेन्द्र यादव « Khabarhub

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गर्दै उपेन्द्र यादव

'विकासको दयनीय अवस्था बारे स्थानीयले पोखे दुखेसो'


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको प्रसिद्ध धार्मिक स्थल डाक्नेश्वरी मन्दिरमा पूजाआजा गरी आफ्नो चुनावी अभियानको शुभारम्भ गरेका छन् । 

सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराए पश्चात् बुधबार डाक्नेश्वरी नगरपालिका स्थित प्रसिद्ध मन्दिरमा उनलेे पूजाआजा गरेका हुन् । 

पार्टीका नेताहरू रेणु कुमारी यादव, शैलेन्द्र प्रसाद साह, विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, डाक्नेश्वरी नगरपालिकाका मेयरका प्रत्याशी बेछु साह, पार्टीका पूर्व क्षेत्रीय अध्यक्ष कमलदेव यादव लगायतका नेता तथा समर्थकका साथ डाक्नेश्वरी देवीको दर्शन गर्नुका साथै त्यस क्रममा लोकआस्था तथा पूर्वाधारको अवस्थाबारे जसपा अध्यक्ष यादवले जानकारी लिएका छन् ।

पालिकाका नेता, कार्यकर्ता, शुभेच्छुक एवम् मतदाताहरूसँग भेटघाट गर्ने कार्यलाई अध्यक्ष यादवले आजदेखि अगाडि बढाएको सप्तरीका चर्चित पत्रकार श्यामसुन्दर यादवले जानकारी दिए । उनका अनुसार मधेश जनविद्रोहका कमान्डर उपेन्द्र यादवसँग भेट्न जनता निक्कै उत्साहित भएका छन् । 

चुनावी अभियान एवं मतदाता भेटघाटको क्रममा सप्तरीको क्षेत्र नम्बर ३ मा सडक, शिक्षा, स्वास्थ्य, सिंचाइको दयनीय अवस्थाबारे अध्यक्ष यादवसँग स्थानीय जनताले दुखेसो पोखेका छन् ।

निर्वाचन पछि त्यस क्षेत्रको समग्र विकासको लागि निश्चिन्त रहन मतदातालाई अध्यक्ष यादवले आश्वासन दिएका छन्।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ५ : ०४ बजे

किसानलाई अनुदानमा कृषि सामग्री वितरण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले यहाँका किसानलाई ९२

अर्जेन्टिना र स्विट्जरल्यान्डको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ – फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनलमा निर्धारित समयमा १–१ को

विश्वकप : अर्जेन्टिनाविरुद्ध १० खेलाडीमा समेटियो स्विट्जरल्यान्ड, खेल १–१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनल खेलमा अर्जेन्टिना र स्विट्जरल्यान्डको

वनफूलले सिँगारिएको ढोरपाटन

बागलुङ– समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै

लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन स् एमाले नेता निरज आचार्य

काठमाडौँ – नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज