काठमाडौं– काठमाडौं -५ का राप्रपाका उम्मेदवार कमल थापाले निर्वाचन समन्वय कार्यालय खोलेका छन् ।
आजबाट काठमाडौंको विशालनगरमा निर्वाचन समन्वय कार्यालय सञ्चालनमा आएको हो ।
कार्यालयको शुभारम्भ राप्रपा काठमाडौं -५ का क्षेत्रीय अध्यक्ष नवीन खड्काले गरेका थिए । आजै देखि उम्मेदवार थापाले समन्वय कार्यालयबाट चुनावी अभियानका काम शुरु गरेका छन् ।
चुनावी सम्पर्क कार्यालय भने वडा तहसम्मै खुल्ने राप्रपा -५ चुनावी समन्वय कार्यालयले जनाएको छ ।













प्रतिक्रिया