माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग « Khabarhub

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सोमबार मनोनयन दर्ता भएसँगै उजुरी पर्न थालेको छ।

ठूला दलका शीर्ष नेताहरूसहितका उम्मेदवारहरूविरूद्ध जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगमै उजुरी दर्ता हुन थालेको हो ।

ती उम्मेदवारहरूविरुद्ध दाबी तथा विरोधसहितका उजुरी दर्ता भएका निर्वाचन आयोगले जनाएको छ।

आयोगकाभ अनुसार नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरीविरुद्ध उम्मेदवारी खारेज गर्न मागसहित उजुरी परेको हो ।

नेपाल गृहजिल्ला रौतहट क्षेत्र नम्बर१ बाट उम्मेदवार छन्। नेपालविरुद्ध काभ्रेको साँगास्थित पतञ्जलि योगपीठको जग्गा बिक्री प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन छ ।

सरकारवादी फौजदारीका रुपमा रहेको उक्त भ्रष्टाचार मुद्दाको अन्तिम छिनोफानो हुन बाँकी नै रहेको अवस्थामा नेपालले उम्मेदवारका रुपमा योग्य हुन नसक्ने जिकिरसहित उजुरी परेको हो ।

नागरिक उन्मुक्ति पार्टी नेपालबाट कैलाली क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका चौधरी टीकापुर हत्याकाण्डका प्रमुख दोषी हुन् । उनीविरुद्ध पनि उजुरी दर्ता भएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताएका छन् ।

चौधरी कैलालीको टीकापुरमा नाबालक र ७ प्रहरीसहित आठजनाको ज्यान लिएको हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए । उनको बाँकी सजाय राष्ट्रपतिले माफी मिनाहा गरेपछि रिहा भएका थिए । तर उनले पाएको सजायमा सफाइ भने पाएका छैनन् ।

उता सुनसरी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालबिक्रम थापाविरुद्ध पनि उजुरी परेको छ। त्यस्तै भक्तपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका महेश बस्नेतविरूद्ध उठेका सामाजिक सञ्जालमा भाइरल भइरहने रास्वपाका उम्मेदवार राजीव खत्रीविरुद्ध पनि उजुरी परेको छ।

त्यसैगरी भक्तपुर क्षेत्र नम्बर २ बाट नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठक शोभाविरुद्ध पनि उजुरी परेको छ। शोभाले त्यहाँ एमाले उम्मेदवार बस्नेतसँगको विवादबीच उम्मेदवारी दिएकी थिइन् ।

आयोगले बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय उजुरी दर्ता लागि तोकेको थियो । त्यस समयभित्र भक्तपुरमा २, रौतहट, सुनसरी र कैलालीबाट १–१ वटा उजुरी परेको आयोगले जनाएको छ। उजुरीहरूबारे बिहीबार छानबिनपछि आवश्यक निर्णय लिने तयारी आयोगले गरेको छ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ६ : ०८ बजे

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

कालीकोटमा भेटियो रेडपान्डा

कालीकोट– कालीकोटका तीन वटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण