इस्लामिक स्टेटले लियो अफगानिस्तानको चिनियाँ होटेलमा भएको आक्रमणको जिम्मा « Khabarhub

इस्लामिक स्टेटले लियो अफगानिस्तानको चिनियाँ होटेलमा भएको आक्रमणको जिम्मा


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तानमा चिनियाँद्वारा सञ्चालित होटेलमा गराइएको आक्रमणको जिम्मा आतङ्कवादी संगठन इस्लामिक स्टेटले लिएको छ । राजधानी काबुलमा चिनियाँहरुले सञ्चालन गर्दै आएको होटेलमा भएको बम आक्रमणमा परी सात जनाएको ज्यान गएको थियो ।

ज्यान गुमाउनेमा एक जना चिनियाँ नागरिक र अन्य ६ जना अफगान नागरिक छन् । घटनामा अन्य केही घाइते भएका थिए ।

समाचार संस्था रोयटर्सका अनुसार घाइते हुनेमा एक जना बालक समेत रहेको अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । अमाक एजेन्सीमार्फत् विज्ञप्ति जारी गर्दै उक्त संगठनले आक्रमणको जिम्मा लिएको हो ।

उक्त आक्रमण आत्मघाती प्रकृतिको रहेको जनाइएको छ । इस्लामिक स्टेटले उइग्युर समुदायविरुद्ध चिनियाँ सरकारले अपराध गरिरहेको विरोधमा आक्रमण गरेको दाबी गरेको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ८ : २२ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको