काठमाडौं- अफगानिस्तानमा चिनियाँद्वारा सञ्चालित होटेलमा गराइएको आक्रमणको जिम्मा आतङ्कवादी संगठन इस्लामिक स्टेटले लिएको छ । राजधानी काबुलमा चिनियाँहरुले सञ्चालन गर्दै आएको होटेलमा भएको बम आक्रमणमा परी सात जनाएको ज्यान गएको थियो ।
ज्यान गुमाउनेमा एक जना चिनियाँ नागरिक र अन्य ६ जना अफगान नागरिक छन् । घटनामा अन्य केही घाइते भएका थिए ।
समाचार संस्था रोयटर्सका अनुसार घाइते हुनेमा एक जना बालक समेत रहेको अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । अमाक एजेन्सीमार्फत् विज्ञप्ति जारी गर्दै उक्त संगठनले आक्रमणको जिम्मा लिएको हो ।
उक्त आक्रमण आत्मघाती प्रकृतिको रहेको जनाइएको छ । इस्लामिक स्टेटले उइग्युर समुदायविरुद्ध चिनियाँ सरकारले अपराध गरिरहेको विरोधमा आक्रमण गरेको दाबी गरेको छ ।













प्रतिक्रिया