काठमाडौं– भारतीय सेनाले श्रीलंकामा पूर्वाधार पुनर्निमाणको कामलाई तीव्र पारेको छ । यसै क्रममा भारतीय सेनाको इन्जिनियर कार्यदलले तेस्रो बेलीब्रिज पुल निर्माण सम्पन्न गरेको छ ।
श्रीलंकाको बी–४९२ राजमार्गमा भारतीय सेनाको कार्यदलले १२० फिट लामो बेलीब्रिज निर्माण सम्पन्न गरेको समाचार संस्था एएनआईले जनाएको छ । सामाजिक सञ्जालमा पोेस्ट गर्दै भारतीय सेनाले यसबारे जानकारी दिएको हो ।
श्रीलंकाको मध्य प्रान्तमा निर्मित यस पुलले केन्डीलाई नुवारा एलिया जिल्लालाई जोड्ने जनाइएको छ । यसअघि भारतीय सेनाले जाफ्ना र केन्डी क्षेत्रमा यस्तै पुल निर्माण गरिसकेको छ ।
श्रीलंकामा आएको डिट्वा नामक आँधीपछि भारतीय सेनाले पुनर्निमाणको काम अघि बढाएको हो । आँधीपछि श्रीलंकालाई सहयोग गर्न भारतले अपरेशन सागर बन्धु नामक अभियान नै सञ्चालन गरेको छ ।













प्रतिक्रिया