रौतहटमा दुई समुदायबीच झडप उग्र, दर्जनौँ सवारी साधनमा आगजनी « Khabarhub

रौतहटमा दुई समुदायबीच झडप उग्र, दर्जनौँ सवारी साधनमा आगजनी


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच सुरु भएको झडपले उग्र रूप लिएको छ । झडप सुरु भएको आज तीन दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन।  

बिहीबार राति देखिको सामान्य विवाद बढ्दै आज आगजनी र तोडफोडसम्म पुगेको हो ।

प्रहरीका अनुसार एक विवाह समारोहमा बजाइएको बाजागाजालाई लिएर विवाद चर्किएको थियो । गत ७ गते राति हिन्दु समुदायको विवाहमा बाजा बजाइएको विषयलाई लिएर मुस्लिम समुदायले आपत्ति जनाएपछि भनाभन सुरु भएको बताइएको छ । 

मस्जिदमा रात्री प्रार्थना चलिरहेको समयमा बाजा बजाइएको भन्दै विवाद बढ्दै जाँदा केही व्यक्तिमाथि कुटपिटसमेत भएको थियो।

घटनापछि शुक्रबार बिहान दुवै पक्षबीच पुनः ढुंगामुढा भएको र त्यसपछि अवस्था थप तनावपूर्ण बनेको प्रशासनले जनाएको छ। स्थानीय प्रशासनका अनुसार झडप क्रमशः अन्य स्थानमा समेत फैलिँदै गएको छ ।

अहिले सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ  । 

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  १ : ०२ बजे

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह

जनशक्ति थपेर भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : मन्त्री रावल

नारायणगढ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

एनपीएल : चितवनसँग हार्‍यो विराटनगर (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले विजयी