नवलपरासी पूर्वमा नमुना मतदान अभ्यास « Khabarhub

नवलपरासी पूर्वमा नमुना मतदान अभ्यास


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र विश्वसनीय रूपमा सम्पन्न गर्ने उद्देश्यले नमुना मतदान तथा निर्वाचन सुरक्षा अभ्यास गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन कार्यालयको संयुक्त आयोजनामा आज यहाँ सम्पन्न अभ्यासमा प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत नमना मतदान गराइएको हो ।

 निर्वाचनका दिन अपनाउनुपर्ने सम्पूर्ण प्रक्रिया व्यवहारिक रूपमा सिकाउने लक्ष्यका साथ अभ्यास सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख लालप्रसाद शर्मा भुसालले बताए।  

‘नमुना मतदानलाई वास्तविक निर्वाचनको स्वरूप दिन महिला, पुरुष, ज्येष्ठ नागरिक तथा अशक्त मतदाताका लागि छुट्टाछुट्टै तीन वटा लाइनको व्यवस्था गरिएको थियो’, उनले भने, ‘अभ्यासमा मतदान अधिकृत, सहायक कर्मचारी, सुरक्षाकर्मी तथा सम्बन्धित निकायका प्रतिनिधिको सक्रिय सहभागिता थियो ।’ 

अभ्यासका क्रममा मतदानका बेला हुनसक्ने सम्भावित विवाद व्यवस्थापन, मतपत्र च्यातिने वा बिग्रिने अवस्थाको समाधान, मतदाताको पहिचानसम्बन्धी जिज्ञासा समाधान, लाइन व्यवस्थापन, घुइँचो नियन्त्रण, सुरक्षा निकायबीचको समन्वयलगायत विषयमा प्रयोगात्मक अभ्यास गराइएको नवलरपासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए। 

निर्वाचन प्रक्रियालाई त्रुटिरहित, सुरक्षित र मतदातामैत्री बनाउँदै निर्वाचनमा कुनै अन्योल नहोस् भन्ने उद्देश्यले यस्तो अभ्यास प्रभावकारी हुने विश्वास लिइएको मुख्य निर्वाचन अधिकृत कमलप्रसाद ज्ञवालीले बताए। उनका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा कुल दुई लाख ६८ हजार ५२६ मतदाता छन् ।
 

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ८ : ०० बजे

प्रधानमन्त्रीले गल्ती नसच्याएसम्म संकट समाधान हुँदैन : एमाले

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्रीले

स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गर्ने सरकारको तयारी, दुरुपयोग रोक्न अर्थमन्त्रीको जोड

काठमाडौं- सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी वास्तविक बीमाको अवधारणा

एमसिए-नेपालले गर्‍यो दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य सुरु

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले बुधबार मिलेनियम च्यालेञ्ज

खुश्बुलाई गृहमन्त्रीको आश्वासन : प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ 

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने