इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प « Khabarhub

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य आक्रमण क्रमशः घटाउने विकल्पमा विचार गरिरहेको बताएका छन् । ट्रम्पले सामाजिक सञ्जालमा भने, “हामी हाम्रो उद्देश्य पूरा गर्न निकै नजिक पुगेका छौँ र मध्यपूर्वमा जारी हाम्रो महान सैन्य प्रयासलाई क्रमशः घटाउने विचार गरिरहेका छौँ ।”

ट्रम्पले प्रस्तुत गरेको उद्देश्यहरूमा इरानको मिसाइल क्षमतामा क्षति पुर्‍याउने, रक्षा उद्योग ध्वस्त पार्ने, नौसेना र वायुसेना नष्ट गर्ने, परमाणु क्षमता प्राप्त गर्नबाट रोक्ने र क्षेत्रका अमेरिकी सहयोगीहरूलाई सुरक्षा प्रदान गर्ने समावेश छ । तर ट्रम्पले शान्ति समझौता नचाहे पनि संवादको विकल्प भने खुला राखेका छन् ।

उनले पत्रकारहरूसँग भने, “तपाईं शान्ति समझौतामा जान सक्नुहुन्छ, तर म शान्ति समझौता गर्न चाहन्न । जब तपाईं अर्कोपक्षलाई पूर्ण रूपमा नष्ट गर्दै हुनुहुन्छ, तब यो सम्भव हुँदैन ।” ट्रम्पले इरानको नौसेना र वायुसेना ध्वस्त भइसकेको र त्यहाँका नेताहरु सबै स्तरमा मारिएका बताए ।

हर्मुज जलमार्ग सम्बन्धमा ट्रम्पले यसलाई प्रयोग गर्ने देशहरूले सुरक्षा सुनिश्चित गर्नुपर्ने बताए, र आवश्यक परे यसमा अमेरिकाले पनि सहयोग गर्ने उनले बताए । यसअघि ट्रम्पले नाटोका सहयोगीहरूलाई पनि ‘कायर’ भनेका थिए र युरोपले यस युद्धमा प्रत्यक्ष भूमिका नलिनेतर्फ संकेत गरेको छ ।

युरोपेली विदेश मामिला अधिकारी काजा कलासले भनिन् “यो युरोपको युद्ध होइन, तर युरोपका हित सिधै जोखिममा छन् ।” गत फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि विश्वव्यापी ढुवानीमा अवरोध, तेल मूल्य वृद्धि र आर्थिक प्रभाव देखिएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ३ : ११ बजे

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने