पनौतीमा नगर अस्पताल सञ्चालन « Khabarhub

पनौतीमा नगर अस्पताल सञ्चालन


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेको पनौती नगरपालिका–१० खोपासीमा नगर अस्पताल सञ्चालनमा ल्याइएको छ । अस्पतालले पहिलो चरणमा दुई मेडिकल अधिकृतसहित नौ जना जनशक्तिमार्फत बिहान ९ बजेदेखि नियमित सेवा सुरु गरेको जनाइएको छ ।

भारतीय दूतावासको सहयोगमा निर्मित अस्पतालको सोमबार नगर प्रमुख रामशरण भण्डारी र नगर उपप्रमुख गीता बञ्जाराले संयुक्तरुपमा उद्घाटन गरिन् ।

अस्पताल भवन निर्माण सम्पन्न भएपनि केही समयदेखि विविध कारण सेवा सुरु नगरिएको अस्पतालमा सोमबारदेखि औपचारिक रुपमा सेवा सुरु गरिएको हो ।

अस्पतालमा गुणस्तरीय ल्याब सेवा, विशेषज्ञ सेवा, एक्स–रे मेसिनलगायतका सुविधासहित सेवा प्रारम्भ गरिएको अस्पताल व्यवस्थापन समितिका संयोजकसमेत रहेको भण्डारीले बताए । उनले नगरले आफ्ना नागरिकको स्वास्थ्य सेवालाई केन्द्रमा राखेर अस्पताल सञ्चालनमा ल्याएको बताए ।

अस्पताल सञ्चालनमा ल्याइएपछि पनौती नगर मात्र होइन आसपासका क्षेत्रका नागरिकले पनि यहाँबाट सहज सेवा पाउने भएका छन् । यहाँ उपलब्ध हुन नसकेको सेवा मात्रै अन्यत्र रिफर गरिने जनाइएको छ ।

अस्पतालमा फार्मेसी सेवासमेत सञ्चालनमा ल्याई सरकारले निःशुल्क उपलब्ध गराउने औषधि वितरण गरिने भण्डारीले जानकारी दिए । उनका अनुसार अस्पतालको सेवा क्रमशः विस्तार गर्दै थप विशेषज्ञ सेवा तथा आधुनिक उपकरण थप्दै लगिनेछ । हाल बागमती प्रदेश सरकारले उपलब्ध गराएको ४० लाख बजेटले आवश्यक सामग्री खरिद तथा व्यवस्थापन गरिएको छ ।

तत्कालीन अवस्थामा जाइकाले निर्माण गरी सञ्चालन गरेको खोपासी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै नगर अस्पतालका रुपमा विकास गर्ने योजनाअनुसार थप निर्माण गरी नगर अस्पताल सञ्चालनमा ल्याइएको हो । ६ करोडको लागतमा अस्पताल निर्माण भएको जनाइएको छ ।

अस्पताल सञ्चालनमा आएपछि पनौती नगरका नागरिकलाई आधारभूत स्वास्थ्य सेवाका लागि टाढा धाउनुपर्ने बाध्यता केही हदसम्म अन्त्य हुने अपेक्षा गरिएको छ । पनौती नगरमा उक्त अस्पतालसहित १५ स्वास्थ्य संस्था सञ्चालनमा छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  १० : ५९ बजे

निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट दुई सय ४५ जना लाभान्वित

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा आइतबार आयोजित निःशुल्क विशेषज्ञ

सुनकोशीको बेलिब्रिज झिकिएपछि स्थानीयलाई समस्या

खोटाङ– सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी

एमाले सचिवालय बैठक बस्दै, नेताहरूको कार्यविभाजन मुख्य एजेण्डा

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानलाई ट्रम्पको चेतावनी- तत्काल सहमति नभए अस्तित्व नै खतरामा छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै युद्ध