अर्को साता उत्तर कोरिया जाँदै चिनियाँ राष्ट्रपति सी चिनफिङ « Khabarhub

अर्को साता उत्तर कोरिया जाँदै चिनियाँ राष्ट्रपति सी चिनफिङ


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- आफूलाई विश्व शक्तिको केन्द्रमा उभ्याउने कोसिस गरिरहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ आगामी हप्ता उत्तर कोरिया भ्रमणमा जाने सम्भावना रहेको छ ।

यो कुराको खुलासा दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले गरेको छ। योन्हापले दक्षिण कोरियाली सरकारका उच्च स्रोतलाई उद्धृत गर्दै लेखेको समाचार अनुसार राष्ट्रपति शीको भ्रमण निकट भविष्यमा हुन लागेको हो । योन्हापका अनुसार भ्रमण सम्भवतः अर्को हप्ता, यसै महिनाको अन्त्यतिर वा आगामी महिनाको सुरुमै हुन सक्ने बताइएको छ ।

रिपोर्टमा हालै मात्र चिनियाँ राष्ट्रपतिको सुरक्षा टोली र औपचारिक कर्मचारीहरूको टोली प्योङयाङ गएको उल्लेख छ। यस भ्रमणले चीन र उत्तर कोरियाबीचको सम्बन्ध थप घनिष्ठ बनाउने अपेक्षा गरिएको छ ।

भ्रमणसम्बन्धी प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले हाललाई ‘भन्न सकिने केही छैन’ भनेर जवाफ दिएका छन् । तर उनले दुई देशबीच राम्रा मित्र र निकट छिमेकी रहेको र निरन्तर मित्रवत् आदानप्रदान भइरहेको बताए ।

कोरियाली प्रायद्वीपको परमाणु निशस्त्रीकरण विषयमा चीनको नीति निरन्तर र स्थिर रहेको तथा राजनीतिक समाधानमा आफ्नै तरिकाले रचनात्मक भूमिका खेल्ने उनले बताए ।

यो सम्भावित भ्रमण चीनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमणपछि आएको हो । यसअघि गत महिना चिनियाँ विदेशमन्त्री वाङ यीले उत्तर कोरिया भ्रमण गरेर नेता किम जोङ उनसँग भेटेका थिए ।

सी चिनफिङको यो सम्भावित भ्रमण २०१९ पछिको पहिलो उत्तर कोरिया भ्रमण हुन सक्नेछ ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ३ : ५४ बजे

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम