मोटरको विवरण फरक देखाई आधा दर्जनभन्दा बढी विद्युतीय गाडी आयात, अर्बौं राजस्व छली « Khabarhub

मोटरको विवरण फरक देखाई आधा दर्जनभन्दा बढी विद्युतीय गाडी आयात, अर्बौं राजस्व छली


७ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोटरपावरको विवरण फरक पारेर चीनबाट आयात हुने आधा दर्जन बढी सवारी साधनका आपूर्तिकर्ताले अर्बौं राजस्व छली गरेका छन् । 

महालेखापरीक्षक कार्यालयको ६३औँ प्रतिवेदनले चीनबाट विद्युतीय सवारी साधनका आपूर्तिकर्ताले आधा दर्जन बढी सवारी साधनको मोटर पावरको विवरण परिवर्तन गरेर राजस्व छलेको औँल्याएको हो ।

भन्सार महसुल ऐन, २०८१ को अनुसूची ३ बमोजिम पैठारी भएका विद्युतीय सवारीसाधनको पिक मोटर पावरका आधारमा २० र ३० प्रतिशत भन्सार शुल्क र १५ र २० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था छ । तर, केही सवारी साधनको आपूर्तिकर्ताले भने सवारीसाधनको पिक पावर मोटरको क्षमता भन्दा फरक विवरण बिलबिजकमा उल्लेख गरेर भन्सार शुल्क र अन्तःशुल्क छल्ने काम गरेको महालेखाले औँल्याएको हो ।

महालेखाले यस्तो छली अनएसेम्बल्ड र ऐसेम्बल्ड दुवैमा भएको पनि विवरणमा उल्लेख गरेको छ ।

प्रतिवेदनले डिपल, ज्याक्व जे ६, एभटर ११ र एक्स पिङ मोडेलको सवारीसाधनको आधिकारिक कम्पनीको वेबपेजमा उपलब्ध क्याटलगको आधारमा हेर्दा ती सवारी साधनको आयात गर्दा राजस्व छली भएको हुनसक्ने भन्दै १ अर्ब १० करोड ९ लाख ४३ हजार यकिन गरी असुल गर्नुपर्ने औँल्याएको छ ।

त्यस्तै, डोङफेङ नामको सवारी साधनको आयातको क्रममा १७ करोड ४१ लाख २९ हजार र एक्स ३० एलईभी प्यासेन्जर भ्यानको आयातको क्रममा ९ करोड ८० लाख ५१ हजार रुपैयाँ राजस्व छली भएको भन्दै यकिन गरी असुल गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  ४ : २९ बजे

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह

जनशक्ति थपेर भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : मन्त्री रावल

नारायणगढ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

एनपीएल : चितवनसँग हार्‍यो विराटनगर (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले विजयी