सभामुखले आग्रह गर्दा पनि संसद् जान मानेनन् वालेन्द्र « Khabarhub

सभामुखले आग्रह गर्दा पनि संसद् जान मानेनन् वालेन्द्र


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी दलहरूले निरन्तर अवरोध गरिरहेपछि सभामुख डोलप्रसाद अर्याल सिंहदरबारभित्रै बसिरहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर फर्किएका छन्।

बिहीबार बसेको संसद् बैठकमा पनि उपस्थित नभएका बालेनलाई प्रतिपक्षी दलले खोजेपछि खोज्न सभामुख अर्याल बैठक स्थगित गरेर दुई सय मिटर परको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका थिए।

स्रोतका अनुसार जहाँ उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै बसिरहेका शाहलाई भेटेर संसद्मा आइदिन भनेका थिए।

तर वालेन्द्रले आफू अहिल्यै संसद्मा नजाने जवाफ दिएका छन्। हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम रहेकाले आइदिन अर्यालले भनेका थिए।

तर वालेन्द्रले अहिले आफू जान नसक्ने बरू सोचेर उपयुक्त समयमा आउने जवाफ दिएको स्रोतले उल्लेख गरेको छ। त्यसपछि सभामुख अर्याल निराश भएर फर्किए ।

अहिले उनले संसद् बैठक अघि बढाएका छन् । तर विपक्षी श्रमसंस्कृति पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेसहितका सांसदहरूले संसद्मा प्रधानमन्त्रीको निरन्तर खोजीसहित वेल घेराउसहित नाराबाजी गरेका छन् । उनले प्रम वालेनको तर्फबाट कानुन मन्त्री सोबिता अर्याललाई एउटा प्रस्ताव अघि बढाउन अनुमति दिए ।

सभामुखले पेलेर बैठक अघि बढाइरहँदा विपक्षीको नाराबाजी जारी छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दागर्दै संसद्बाट निस्केर हिँडेका शाह त्यसपछि देखिएका छैनन्।

प्रतिपक्षी दलहरूले मोर्चा नै बनाएर निरन्तर सदन अवरोध गरेपछि सभामुखले बालेन्द्रलाई संसद्मा आइदिन भनेका हुन् । वालेन्द्र सदनमा उपस्थित हुनेबारे भेटेर अर्यालले कुरा गरेको उनको सचिवालयले जनाएको छ ।

नीति तथा कार्यक्रमको जवाफ दिनसमेत नआएका उनका कारण सभापति रवि लामिछानेसहितलाई नैतिक संकट परेको छ। आफ्नो पद उत्पति भएको संसद्लाई नै हेपेको भन्दै अहिले वालेन्द्रको आलोचना भइरहेको छ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ५ : ०५ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा