सक्कली बिल लिएर लखपति बन्ने अवसर: सरकारले ल्यायो दैनिक १ लाख जित्ने योजना « Khabarhub

सक्कली बिल लिएर लखपति बन्ने अवसर: सरकारले ल्यायो दैनिक १ लाख जित्ने योजना


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले सर्वसाधारणलाई मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध व्यवसायीबाट सामान वा सेवा लिँदा अनिवार्य रूपमा सक्कली बिल लिन प्रोत्साहित गर्न नयाँ पुरस्कार योजना सार्वजनिक गरेको छ। ‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ नारासहित बजेटमा घोषणा गरिएको कार्यक्रमलाई सरकारले कार्यान्वयनमा ल्याउन लागेको हो।

यस योजनाअन्तर्गत अब दैनिक एक जना सर्वसाधारणले १ लाख पुरस्कार प्राप्त गर्नेछन् भने महिनामा दुई जना भाग्यशाली विजेताले बम्पर उपहारस्वरूप १०/१० लाख प्राप्त गर्नेछन्। १०० रुपैयाँभन्दा बढीको सामान खरीद गर्दा वा होटल, रेस्टुरेन्ट लगायतमा भुक्तानी गर्दा प्राप्त हुने अनलाइन वा नगद भुक्तानीको सक्कली बिल नम्बरका आधारमा विजेता छनोट गरिनेछ।

हाललाई हरेक महिनाको १६ गते र मसान्त (पाक्षिक रूपमा) पुरस्कार घोषणा गरिने व्यवस्था मिलाइएको छ। यस कार्यक्रमको विस्तृत सञ्चालन तथा छनोट प्रक्रियासम्बन्धी कानूनी व्यवस्थाका लागि सरकारले अलग्गै कार्यविधि समेत तयार पारेको छ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ८ : ३६ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित