सरकारविरुद्ध राहुल र प्रियङ्का गान्धी पनि सडकमा « Khabarhub

सरकारविरुद्ध राहुल र प्रियङ्का गान्धी पनि सडकमा


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजधानी दिल्लीमा आयोजित प्रदर्शनमा सहभागीमाथि सुरक्षाकर्मीले लाठीचार्ज गरेपछि भारतमा राजनीतिक सरगर्मी बढेको छ । सोमबार ककरोच जनता पार्टी (सीजेपी) ले संसद भवनसम्म निकालेको र्‍यालीका क्रममा प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज गरेको थियो ।

सोही दमनको विरोधमा मंगलबार लोकसभामा विपक्षी दलका नेता राहुल गान्धी र सांसद प्रियङ्का गान्धी वाड्राको नेतृत्वमा कांग्रेसका शीर्ष नेताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको निवासतर्फ र्‍याली निकालेका छन् । प्रदर्शनकारी कांग्रेस नेता तथा कार्यकर्ताहरू प्रधानमन्त्री निवासबाहिर धर्ना बसेर ‘प्रधानमन्त्री राजीनामा देउ’ र ‘नरेन्द्र मोदी डाउन-डाउन’ जस्ता नारा लगाएका छन् ।

धर्नामा राहुल गान्धी र प्रियंका गान्धीका साथै कांग्रेसका संगठन महासचिव केसी वेणुगोपाल, कर्नाटकका मुख्यमन्त्री डीके शिवकुमार लगायत थुप्रै सांसद र कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको छ । विरोध प्रदर्शनका क्रममा कांग्रेसका संगठन महासचिव केसी वेणुगोपालले प्रधानमन्त्री निवासबाहिर भुइँमा सुतेर अनौठो शैलीमा आफ्नो विरोध जनाएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ४ : ३० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी