ककरोचको आन्दोलन चर्किएपछि पश्चिम बंगालबाट २ हजार सीआरपीएफ जवान दिल्लीमा उतारियो « Khabarhub

ककरोचको आन्दोलन चर्किएपछि पश्चिम बंगालबाट २ हजार सीआरपीएफ जवान दिल्लीमा उतारियो


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको राजधानी दिल्लीमा कक्रोच जनता पार्टी (सीजेपी) को आन्दोलन चर्किँदै गएपछि नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारले थप दमनको नीति लिएको छ।

दिल्लीमा विभिन्न राजनीतिक दलका प्रदर्शन तथा संसदको मनसुन अधिवेशनलाई लक्षित गर्दै केन्द्र सरकारले केन्द्रीय रिजर्भ प्रहरी बल (सीआईरपीए) का थप २० कम्पनी सुरक्षाकर्मी तैनाथ गरेको छ।

सुरक्षा अधिकारीहरूका अनुसार यी सबै सुरक्षाकर्मीलाई गृह मन्त्रालयको निर्देशनपछि पश्चिम बंगालको कोलकाताबाट हवाई जहाजमार्फत् दिल्ली ल्याइँदै छ।

समाचार संस्था पीटीआईका अनुसार, सीजेपीको आन्दोलन, विभिन्न दलका प्रदर्शन र संसदको जारी मनसुन अधिवेशनका कारण राजधानीको सुरक्षा व्यवस्था थप कडा बनाउन करिब २० कम्पनी सीआरपीएफ दिल्ली पठाइएको हो।

सुरक्षा अधिकारीहरूले केही दिनयताका प्रदर्शनका क्रममा भएका हिंसात्मक झडपलाई ध्यानमा राख्दै तत्काल थप सुरक्षाकर्मी परिचालन गर्नुपरेको बताएका छन्।

ती सुरक्षाकर्मी केही महिनाअघि सम्पन्न पश्चिम बंगाल विधानसभा निर्वाचनका लागि त्यहाँ खटाइएका थिए। निर्वाचनपछि राज्य सरकारको आग्रहमा उनीहरूलाई त्यहीँ राखिएको थियो।

सीआरपीएफको एक कम्पनीमा १०० भन्दा बढी सुरक्षाकर्मी रहने गर्छन्। यसअघि पनि केन्द्र सरकारले दिल्ली प्रहरीलाई सहयोग गर्न सीआरपीएफ र यसको दंगा नियन्त्रण विशेष इकाई र्यापिड एक्शन फोर्स (आरएफ) का करिब ३० कम्पनी सुरक्षाकर्मी उपलब्ध गराइसकेको छ।

यी सुरक्षाकर्मीहरू जुलाई २० देखि सुरु भएको संसदको मनसुन अधिवेशन तथा सीजेपी को आन्दोलनलाई मध्यनजर गर्दै राजधानीको सुरक्षा व्यवस्थामा परिचालित छन्।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  १२ : १८ बजे

भोटेकोशी बाढी : एक हजार ६८ शव भेटिए, चार हजार ६०६ सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको खोजी हुँदा रास्वपा नेताहरू निरीह

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकमा विपक्षी

ताप्लेजुङ गोल्डकप : सलहेश युवा क्लब फाइनलमा प्रवेश

ताप्लेजुङ– साबिक विजेता सलहेश युवा क्लब, सिराहा ताप्लेजुङ गोल्डकपको फाइनलमा

भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङ- ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ