पाकिस्तानका सूचनामन्त्री तरारको कार नजिकै गोली प्रहार « Khabarhub

पाकिस्तानका सूचनामन्त्री तरारको कार नजिकै गोली प्रहार


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारको कार नजिकै गोली प्रहार भएपछि लाहोरमा सुरक्षा सतर्कता बढाइएको छ । पारिवारिक भ्रमणका क्रममा शनिबार लाहोरको डिफेन्स ए क्षेत्रमा मन्त्री तरार यात्रा गरिरहेको बेला यो घटना घटेको हो ।

प्रारम्भिक अनुसन्धानबाट यो आक्रमण मन्त्रीलाई लक्षित गरेर नभएको पाइएको स्थानीय अधिकारीहरूले जनाएका छन् । सञ्चार माध्यमका अनुसार घटना लगत्तै प्रहरीले ओसामा नामक एक संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ भने गोली प्रहारमा प्रयोग गरिएको हतियार र गाडी पनि नियन्त्रणमा लिएको छ ।

घटनाबारे स्पष्ट पार्दै मन्त्री तरारले आफ्नो गाडीलाई अर्को एउटा सवारी साधनले ओभरटेक गरेको र सोही गाडीभित्र एक व्यक्तिले पेस्तोल निकालेर हवाइ फायर गरेको बताएका छन् । पक्राउ परेका संदिग्धविरुद्ध फौजदारी मुद्दा दर्ता गरिएको र यस विषयमा थप कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ६ : ४६ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा