अपहरणको विरोधमा पाकिस्तानमा प्रदर्शन « Khabarhub

अपहरणको विरोधमा पाकिस्तानमा प्रदर्शन


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अपहरणका घटना बढेको भन्दै पाकिस्तानको पञ्जगुर क्षेत्रमा प्रदर्शन भएको छ । सुरक्षा अवस्था खस्किँदै गएको, व्यापारी र सर्वसाधारणलाई अपरहण गरी फिरौती माग्ने क्रम बढेको भन्दै जनता सडकमा उत्रेका हुन् ।

प्रदर्शनमा राजनीतिक दलका कार्यकर्ता, व्यापारी, नागरिक समाजका अगुवा र आम नागरिकको सहभागिता थियो । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार प्रदर्शनकारीले सुरक्षा व्यवस्थाको माग गरेका छन् ।

सर्वदलीय नागरिक कार्यसमितिको अगुवाइमा प्रदर्शनको आयोजना गरिएको हो । हालैमात्र गुल जन रिन्दका अगुवा नागरिक शाहनवाज गुलको अपरहण भएपछि प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागीहरुले सुरक्षा निकाय, स्थानीय प्रशासन र सरकारले चाएको खण्डमा उनको तत्कालै उद्धार हुने दाबी गरेका छन् । पञ्जगुर क्षेत्रको विस्मिल्लाह चोकबाट शुरु भएको प्रदर्शनमा सहभागीहरुले सरकारविरोधी चर्को नाराबाजी गरेको डनले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  १२ : ०५ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको