काठमाडौं- अपहरणका घटना बढेको भन्दै पाकिस्तानको पञ्जगुर क्षेत्रमा प्रदर्शन भएको छ । सुरक्षा अवस्था खस्किँदै गएको, व्यापारी र सर्वसाधारणलाई अपरहण गरी फिरौती माग्ने क्रम बढेको भन्दै जनता सडकमा उत्रेका हुन् ।
प्रदर्शनमा राजनीतिक दलका कार्यकर्ता, व्यापारी, नागरिक समाजका अगुवा र आम नागरिकको सहभागिता थियो । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार प्रदर्शनकारीले सुरक्षा व्यवस्थाको माग गरेका छन् ।
सर्वदलीय नागरिक कार्यसमितिको अगुवाइमा प्रदर्शनको आयोजना गरिएको हो । हालैमात्र गुल जन रिन्दका अगुवा नागरिक शाहनवाज गुलको अपरहण भएपछि प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा सहभागीहरुले सुरक्षा निकाय, स्थानीय प्रशासन र सरकारले चाएको खण्डमा उनको तत्कालै उद्धार हुने दाबी गरेका छन् । पञ्जगुर क्षेत्रको विस्मिल्लाह चोकबाट शुरु भएको प्रदर्शनमा सहभागीहरुले सरकारविरोधी चर्को नाराबाजी गरेको डनले उल्लेख गरेको छ ।













प्रतिक्रिया