प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासको पक्षमा छ : मुख्यमन्त्री शाह « Khabarhub

प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासको पक्षमा छ : मुख्यमन्त्री शाह


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासका पक्षमा रहेको बताएका छन् । 

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सङ्घीय सरकारको परिपत्रको विरोधमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले घोषणा गरेको दबाबमूलक अभियानअन्तर्गत महासङ्घको सुदूरपश्चिम प्रदेश समितिले आज धनगढीमा आयोजना गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री शाहले सरकारले पत्रकारिता क्षेत्रलाई सहयोग पुग्ने वातावरण बनाउनुपर्ने उल्लेख गर्दै प्रदेश सरकार त्यसमा प्रतिबद्ध रहेको बताए ।

मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशसभामा आमसञ्चार विधेयक टेबुल भएको जानकारी दिँदै त्यसलाई सम्पूर्ण मिडिया क्षेत्रले अपनत्व गर्नेगरी तथा समग्र सञ्चार क्षेत्रको विकासमा टेवा पुग्ने गरी छलफल गरेर पास गरिने बताए । 

उनले सङ्घीय सरकारको परिपत्रले विशेषगरी निजी क्षेत्रका मिडिया समस्या परेका उल्लेख गर्दै यसमा सरकारले निश्चित मापदण्ड बनाउनुपर्ने सुझाव दिए ।

निजी तथा सरकारी सञ्चारमाध्यमलाई निश्चित मापदण्ड बनाएर अगाडि बढाउन मुख्यमन्त्री शाहले सङ्घी सरकारलाई आग्रहसमेत गरे । सूचना सम्प्रेषण सँगसँगै सञ्चार क्षेत्रमा लागेकाको जीविकोपार्जनको वातावरण सरकारले बनाउनुपर्ने उनको भनाइ थियो ।

छलफलमा महासङ्घका प्रदेश अध्यक्ष भरतबहादुर शाहले मिडिया क्षेत्रको समग्र अवस्थाका बारेमा मुख्यमन्त्री शाहलाई जानकारी गराएका थिए । उनले निजी क्षेत्रका मिडिया धाराशायी बन्दै गएकाले त्यसतर्फ प्रदेश सरकारको ध्यान जानुपर्ने बताए ।
 

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ४ : ०६ बजे

मन्त्रालयबाट यसरी बिदा भए सुधन गुरुङ (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री पदबाट राजीनामा दिएसँगै सुधन गुरुङ गृह मन्त्रालयबाट बाहिरिएका

७ सय मिटर चक्रपथ विस्तार गर्न डेढ वर्ष, पाशुपत र चारुमती विहारक्षेत्रमा युनेस्को बाधक 

सडक डिभिजन कार्यालय काठमाडौँले २०८१ असोजमा चक्रपथको बसुन्धरादेखि तीनकुनेसम्मको निर्माण

दीपक र सुलभमाथि थप ७ दिन म्याद थपियो, सम्पत्ति शुद्धिकरण मुद्दामा थप अनुसन्धान हुने

काठमाडौं- काठमाडौं जिल्ला अदालत ले सम्पत्ति शुद्धिकरण मुद्दामा दीपक भट्टसहितका

साताको २ दिन विदा : शैलुङ-कालिञ्चोक घुम्ने पर्यटक बढे

दोलखा– दोलखाको मुख्य पर्यटकीय क्षेत्र शैलुङ र कालिञ्चोकमा पछिल्लो दिनहरूमा

रविलाई झस्काउने शब्द प्रयोग गर्दै सिंहदरबारबाट बाहिरिए सुधन गुरूङ

काठमाडौं- सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिँदा सभापति रवि लामिछानेलाई नै