चीनमा बढ्दो उपभोक्ता कर्जा संकट : अर्थतन्त्र पुनरुत्थानमा चुनौती « Khabarhub

चीनमा बढ्दो उपभोक्ता कर्जा संकट : अर्थतन्त्र पुनरुत्थानमा चुनौती


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा यतिबेला करिब १० करोड उपभोक्ताहरू व्यक्तिगत ऋणको भारले थिचिएका छन् । यसले गर्दा त्यहाँ ठूलो आर्थिक संकट भित्रभित्रै मौलाइरहेको देखिएको छ । क्रेडिट कार्डदेखि घरजग्गा कर्जासम्मका खराब उपभोक्ता कर्जाहरू पछिल्ला केही वर्षहरूमा तीव्र रूपमा बढेका छन् ।

ग्याभेकाल ड्रागोनोमिक्सको प्रतिवेदन अनुसार, गत वर्ष मात्रै खराब पारिवारिक ऋण २१ प्रतिशतले बढेर कम्तीमा २२.२ खर्ब युआन (करिब ३२९ अर्ब डलर) को ऐतिहासिक उचाइमा पुगेको छ। सरकारी निकायहरूले यस्ता कर्जाको एकीकृत तथ्याङ्क सार्वजनिक गर्न छाडेपछि २६ वटा बैंकहरूको वित्तीय प्रतिवेदन र अन्य स्रोतहरूको विश्लेषण गरेर यो विवरण निकालिएको हो। त्यस्तै, झेजियाङ विश्वविद्यालयको वित्तीय अनुसन्धान संस्थानका अनुसार चिनियाँ वित्तीय संस्थाहरूले वार्षिक रूपमा २० खर्ब देखि ३० खर्ब युआनसम्मको खराब व्यक्तिगत कर्जा व्यवस्थापन गर्नुपर्ने स्थिति देखिएको छ।

यो अनुमानले सन् २०२५ को अन्त्यसम्ममा चीनको वयस्क जनसंख्याको १०.६ प्रतिशत हिस्सा ऋण तिर्न नसक्ने अवस्थामा पुगेको देखाउँछ। विज्ञहरूका अनुसार चिनियाँ नागरिकको आम्दानीको दबाब र वित्तीय तनावलाई कम गर्न सरकारले थप आक्रामक नीति नल्याएसम्म व्यक्तिगत खराब कर्जाको यो चाङ अझै बढ्दै जानेछ। यो ऋणको बोझले आन्तरिक उपभोग बढाउने चीनको राष्ट्रिय प्रयासलाई समेत धक्का पुर्‍याएको छ।

बजारमा उपभोक्ताहरूले खर्च गर्न छाडेपछि चिनियाँ बैंकहरूले नयाँ ऋण प्रवाहमा संकुचन ल्याएका छन्, जसका कारण सवारी साधन, घर मर्मत र इलेक्ट्रोनिक्स जस्ता महँगा सामानको बिक्री बढाउन सरकारले दिएको ऋण अनुदानको प्रभावकारिता समेत कमजोर बनेको छ। हालै सार्वजनिक भएका आधिकारिक तथ्याङ्कहरूले पनि कोरोना महामारीयताकै सबैभन्दा सुस्त खुद्रा बिक्री देखाएका छन्, जुन चिनियाँ अर्थतन्त्रका लागि चिन्ताको विषय हो।

चीनमा यसरी अल्पकालीन ऋण बढ्नुको मुख्य कारण एन्ट ग्रुप र बाइटडान्सजस्ता प्रविधि क्षेत्रका ठूला कम्पनीहरूले सञ्चालन गरेका ऋण प्रवाह गर्ने प्लेटफर्महरू हुन्। यी प्लेटफर्महरूले बैंक र ऋणीबीच बिचौलियाको काम गर्दै वार्षिक ४ प्रतिशतदेखि २४ प्रतिशतभन्दा बढी ब्याजदरमा ऋण दिने गर्छन्।

खराब कर्जा बढिरहेको भए पनि यी एपहरूले ‘तुरुन्तै पैसा पाइने’, ‘न्यून ब्याजदर’ र ‘सजिलो प्रक्रिया’ जस्ता आकर्षक नाराहरू राखेर प्रयोगकर्ताहरूलाई लगातार ऋण लिन उक्साइरहेका छन्। खाना डेलिभरी गर्ने एप मेइतुआनले त कतिपय प्रयोगकर्तालाई तत्कालै ३ लाख युआनसम्मको ऋण स्वीकृत गरिदिन्छ भने डौयिनजस्ता सर्ट-भिडियो एपहरूमा ‘३० सेकेन्डमै पैसा पाइने’ विज्ञापनहरू स्क्रोल भइरहेका देखिन्छन् ।

बढ्दो संकटलाई ध्यानमा राख्दै नियामक निकायहरूले केही कदम चाल्न थालेका छन् । पिपुल्स बैंक अफ चाइनाले गत वर्षको अन्त्यतिर १० हजार युआनसम्म ऋण तिर्न बाँकी रहेकाहरूका लागि क्रेडिट स्कोर सुधार्ने एउटा विशेष अवसर ल्याएको थियो। यस अन्तर्गत सन् २०२० देखि २०२५ को बीचमा ऋण तिर्न चुकेका तर सन् २०२६ को मार्चभित्र पुरै चुक्ता गर्नेहरूको खराब रेकर्ड हटाइएको थियो। यसका साथै नियामकहरूले अनलाइन प्लेटफर्महरूलाई नयाँ ऋणको औसत ब्याजदर २० प्रतिशतभन्दा कम राख्न निर्देशन दिएका छन् भने केही प्रमुख प्लेटफर्महरूलाई ब्याजदरको सीमा १२ प्रतिशतमा झार्दा पर्न सक्ने असरबारे परीक्षण गर्न भनिएको छ ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ४ : १५ बजे

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली

इन्डोनेसिया-भारतबीच रक्षा, समुद्री सुरक्षा र महत्वपूर्ण खनिजमा सहकार्य विस्तार

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा औद्योगिक

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको