ककरोच जनता पार्टीले शुक्रबार भारतभर प्रदर्शन गर्ने « Khabarhub

ककरोच जनता पार्टीले शुक्रबार भारतभर प्रदर्शन गर्ने


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली— भारतको राजधानी दिल्लीस्थित जन्तर-मन्तरमा विद्यार्थीहरूको धर्ना तथा प्रदर्शन जारी छ । उनीहरुले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको रजीनामा माग्दै प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनको आह्वानकर्ता ककरोच जनता पार्टीले आन्दोलन थप सशक्त बनाउने घोषणा गरेको छ । पार्टीले शुक्रबार देशभर विशाल विरोध प्रदर्शनमा सहभागी हुन सार्वजनिक आह्वान गरेको हो ।

सीजेपीले यस प्रदर्शनबारे जानकारी दिन डिजिटल पम्फलेट जारी गरेको छ । हाल उक्त पम्फलेट सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ । पम्फलेटमार्फत पार्टीले सर्वसाधारण तथा विद्यार्थीहरूलाई ठूलो संख्यामा उपस्थित भई शान्तिपूर्ण प्रदर्शन गर्न र एकबद्धता जनाउन अपिल गरेको छ ।

प्रचार सामग्रीमा ‘एभ्री डिस्ट्रिक्ट, वान डे, वान डिमान्ड’ को सन्देश दिइएको छ । प्रदर्शनको व्यवस्थापनका लागि स्थानीय स्तरमा छात्र संगठन र अन्य सामाजिक संस्थाहरूसँग समन्वय गरी अनुमति तथा आवश्यक तयारी गर्न भनिएको छ ।

प्रदर्शनका क्रममा भेला भएका मानिसहरूमाझ विद्यार्थीका मागहरू सार्वजनिक रूपमा वाचन गर्न र प्रहरी दमनको सामना गरेकाहरूप्रति सहानुभूति प्रकट गर्न आह्वान गरिएको छ। आन्दोलनलाई व्यवस्थित बनाउन मानक सञ्चालन प्रक्रिया (एसओपी), प्रचार सामग्री र ज्ञापनपत्रको ढाँचा पार्टीको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ।

पोस्टरको अन्त्यमा ‘इन्कलाब जिन्दाबाद’ र ‘भारत माता की जय’ जस्ता नारासहित देशभरका नागरिकहरूलाई यस शान्तिपूर्ण विरोध प्रदर्शनमा सहभागी भई सफल बनाउन अपिल गरिएको छ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ५ : ५३ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी