नेप्से झिनो अंकले बढ्यो, कारोबार साढे ३ अर्बमाथि « Khabarhub

नेप्से झिनो अंकले बढ्यो, कारोबार साढे ३ अर्बमाथि


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.२६ अङ्कले बढेर २ हजार ६२३.५६ विन्दुमा पुगेको छ।

नेप्सेका अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५१ अङ्कले बढेर ४७८.५२ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट परिसूचक ०.२६ अङ्कले बढेर १८२.६३ र सेन्सेटिभ फ्लोट परिसूचक ०.४१ अङ्कले बढेर १६२.४२ विन्दुमा कायम भएको छ।

आज बजारमा १ करोड ८ लाख २६ हजार ९१३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८२ करोड ७६ लाख ६ हजार ५९० रुपैयाँको कारोबार भएको छ।

कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको सूचक बढेको छ भने नौ उपसमूहको घटेको छ। आज १०५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको घटेको छ। त्यस्तै, १० कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन।

आज मेन्छियाम हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर, भूगोल हाइड्रोपावर, भिजन लुम्बिनी ऊर्जा, सिटिजन सुपर ३० म्युचुअल फन्ड र स्वस्तिक लघुवित्तलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

समग्र बजार परिसूचक बढे पनि घट्ने कम्पनीको सङ्ख्या बढेकाले बजारमा मिश्रित अवस्था देखिएको छ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ४ : २० बजे

भैरहवा हवाई रुटलाई द्वितर्फी बनाउन नेपाल-भारत सहमत

काठमााडौं- प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा हवाई रुटमा महत्वपूर्ण

नेपालमा राष्ट्रिय क्रिकेट एकेडेमी स्थापना गर्न भारतले सहयोग गर्ने

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालमा राष्ट्रिय

नेप्से झिनो अंकले बढ्यो, कारोबार साढे ३ अर्बमाथि

काठमाडौँ- साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य सुधार देखिएको

इन्डोनेसियाको क्यान्डी कारखानामा आगलागी : ३४ श्रमिक अझै बेपत्ता

जकार्ता- इन्डोनेसियाको राजधानी जकार्तानजिकै रहेको एक क्यान्डी कारखानामा भएको भीषण आगलागीपछि

खाद्य सुरक्षाका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्छ : होगन

नयाँ दिल्ली- द्वन्द्व, आपूर्ति शृङ्खलामा अवरोध र कृषि सामग्रीको बढ्दो