बन्धक बनाइएका तीन नेपालीको उद्धार « Khabarhub

बन्धक बनाइएका तीन नेपालीको उद्धार


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने प्रलोभनमा पारेर भारतको राजधानी नयाँदिल्लीस्थित एक होटलमा ४५ दिनदेखि बन्धक बनाइएका तीन नेपाली नागरिकको उद्धार गरिएको छ।

सगरमाथा आरोही कल्पना महर्जनका अनुसार सामाजिक संस्था किन इण्डियासहित नेपाल तथा भारतका सम्बन्धित निकायको संयुक्त पहलमा शनिबार उनीहरूको सकुशल उद्धार गरिएको हो ।

वैदेशिक रोजगारीको आश्वासन दिएर अवैध मानव ओसारपसारमा संलग्न समूहले तीनै जनालाई दिल्ली पुर्‍याएर होटलको कोठामा बन्धक बनाएको पाइएको छ।

घटनाबारे जानकारी पाएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, नयाँदिल्लीस्थित नेपाली राजदूतावास, दिल्ली प्रहरी तथा सामाजिक संस्था किन इण्डियाले उद्धारका लागि समन्वय गरेका थिए।

आरोही महर्जनले सम्बन्धित निकायको सक्रियता र संयुक्त प्रयासबाट तीनै जनालाई बन्धक अवस्थाबाट सकुशल मुक्त गर्न सफल भएको बताइन्।

किन इण्डियाका निर्देशक नवीन जोशीले पनि घटनाबारे जानकारी प्राप्त हुनासाथ सम्बन्धित निकायसँग समन्वय गरी उद्धारको पहल गरिएको जानकारी दिए।

उनले वैदेशिक रोजगारीको प्रलोभनमा पारेर नेपाली नागरिकलाई शोषण तथा मानव बेचबिखनको जोखिममा पार्ने यस्ता घटनाप्रति राज्यका निकाय थप सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिए।

उद्धार अभियानमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, नेपाली राजदूतावास, दिल्ली प्रहरी र सामाजिक संस्था किन इण्डियाको सहकार्य रहेको थियो।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ६ : १२ बजे

पाकिस्तानले नेपाललाई दियो १ सय ६९ रनको लक्ष्य

काठमाडौं- एशिया कप इमर्जिङ स्टार्समा पाकिस्तानले नेपाललाई १ सय ६९

पाकिस्तान ‘ए’ विरुद्ध रशिद खान एक्लैले लिए ५ विकेट

काठमाडौं- एशिया कप इमर्जिङ स्टार्समा नेपालका बलर रशिद खान एक्लैले

एउटा बिहेमा चार लाखलाई निम्तो ! के–के हुँदै छ सांसद अनन्त सिंहकी छोरीको विवाहमा ?

विवाहमा सयौँ पाहुना बोलाउनु सामान्य हो । केही परिवारले हजारौँ

अर्थसम्बन्धी विधेयक समितिबाट सर्वसम्मतिले पारित

काठमाडौँ– अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्न बनेको विधेयक,