नेपाललाई भारतको २ खर्ब ४० अर्ब सहयोग घोषणा
भारतले प्रधानमन्त्री बालेन्द्र शाहको राजकीय भ्रमणका क्रममा नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग घोषणा गरेको छ । तर उक्त रकममध्ये कति सहुलियतपूर्ण ऋण र कति अनुदान हुने भन्ने खुलाइएको छैन ।
नेपालले भारतसँग २ खर्ब भारु सहयोग माग गरेको थियो । त्यसमा १ खर्ब ऋण र १ खर्ब अनुदानको प्रस्ताव थियो । भारतले भने नेपालको मागभन्दा ४० अर्ब भारु बढी सहयोग घोषणा गरेको हो ।

नेपालले प्रस्ताव गरेको अनुदानमध्ये ५० अर्ब भारु रसुवा बाढीपछिको पुनर्निर्माण र थप ५० अर्ब भारु बुटवल–पोखरा एक्सप्रेस वे निर्माणमा खर्च गर्ने योजना बनाएको थियो ।
भारतले यसअघि पनि नेपालका लागि चारवटा लाइन अफ क्रेडिट घोषणा गरिसकेको छ ।
६६९ मेगावाटको तल्लो अरुण आयोजना निर्माण अघि बढ्यो, मोदी र शाहले गरे शिलान्यास
बालेन–मोदीले गरे तल्लो अरुणको शिलान्यास, जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन
पेट्रोलियम पूर्वाधारमा नेपाल–भारत सहकार्य विस्तार, इन्धन ढुवानी खर्च ५० प्रतिशतसम्म घट्ने
नेपालमा राष्ट्रिय क्रिकेट एकेडेमी स्थापना गर्न भारतले सहयोग गर्ने
नेप्से झिनो अंकले बढ्यो, कारोबार साढे ३ अर्बमाथि
साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक २.२६ अङ्कले बढेर २ हजार ६२३.५६ विन्दुमा पुगेको छ।
नेप्सेका अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५१ अङ्कले बढेर ४७८.५२ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट परिसूचक ०.२६ अङ्कले बढेर १८२.६३ र सेन्सेटिभ फ्लोट परिसूचक ०.४१ अङ्कले बढेर १६२.४२ विन्दुमा कायम भएको छ।
आज बजारमा १ करोड ८ लाख २६ हजार ९१३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८२ करोड ७६ लाख ६ हजार ५९० रुपैयाँको कारोबार भएको छ।

कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको सूचक बढेको छ भने नौ उपसमूहको घटेको छ। आज १०५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको घटेको छ। त्यस्तै, १० कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन।
आज मेन्छियाम हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर, भूगोल हाइड्रोपावर, भिजन लुम्बिनी ऊर्जा, सिटिजन सुपर ३० म्युचुअल फन्ड र स्वस्तिक लघुवित्तलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन्।
लगातार घटेको सुनचाँदीको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
हेटौँडाको सहिद स्मारकमा एक महिनामै ३६ हजारभन्दा बढी पर्यटक, २२ लाख बढी आम्दानी
मनकामना केबलकारबाट दुई करोड यात्रुले गरे यात्रा
मनकामना केबलकारबाट दुई करोड यात्रुले गरे यात्रा
गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शनका लागि सञ्चालनमा रहेको मनकामना केबलकारबाट २८ वर्षको अवधिमा दुई करोड १२ लाखभन्दा बढी यात्रुले यात्रा गरेका छन् ।
विसं २०५५ मङ्सिर ८ गतेदेखि सञ्चालनमा आएको केबलकार २९औँ वर्षमा प्रवेश गरेको अवसरमा मनकामना दर्शन प्रालिले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेसमा तल्लो स्टेसन रहेको केबलकारको लम्बाइ ३ दशमलव ०२ किलोमिटर छ । यसमार्फत नेपालीसँगै भारतीय तथा अन्य देशका पर्यटकले मनकामना मन्दिर पुगेर दर्शन गर्दै आएका छन् ।
संस्थापक लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना र स्थापनामा सुरु भएको केबलकारले नेपालको पर्यटन तथा पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको कम्पनीले जनाएको छ ।
उपत्यकामा ५६६ सवारीचालक कारबाहीमा
विदेशमा आर्जित रकम र सीप उद्यममा लगाउँदै मनिषकुमार
अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमनमा वृद्धि
विदेशबाट फर्किएर पशुपन्छीपालन गर्दै कञ्चनपुरका शम्शेर, भन्छन्- यसवर्ष ६० लाखको व्यापार गर्ने लक्ष्य छ
.














प्रतिक्रिया