साम्बाको उपचार निःशुल्क गरिदिने काठमाडौँ मेडिकल कलेजको घोषणा « Khabarhub

साम्बाको उपचार निःशुल्क गरिदिने काठमाडौँ मेडिकल कलेजको घोषणा


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ मेडिकल कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को निःशुल्क उपचार गर्ने घोषणा गरेको छ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै घुँडाको गम्भीर चोटका कारण विगत सात सातादेखि मैदान बाहिर रहेकी भण्डारीको उपचार आफूहरूले निःशुल्क गर्ने प्रतिबद्धता जनाएको हो।

यसअघि कतारमा घुँडाको शल्यक्रिया गराएकी भण्डारीको ग्राफ्ट र मेनिस्कस दुबैमा समस्या देखिएपछि पुनः शल्यक्रिया गर्नुपर्ने अवस्था आएको जनाइएको छ।

उपचारका लागि ठूलो रकम खर्च हुने भएपछि भण्डारीले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेकी थिइन्। उनले करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने उल्लेख गर्दै आर्थिक सहयोगको आग्रह गरेपछि काठमाडौँ मेडिकल कलेजले चासो देखाएको हो।

विज्ञप्तिअनुसार अत्याधुनिक उपकरण र दक्ष जनशक्तिसहित गुणस्तरीय उपचार सेवा उपलब्ध गराउँदै आएको कलेजले आफ्नो सामाजिक उत्तरदायित्व र राष्ट्रिय कर्तव्यलाई ध्यानमा राख्दै भण्डारीको उपचार प्रक्रिया अघि बढाउने जनाएको छ। कलेजले आफूहरू उपचारप्रति जिम्मेवार र संवेदनशील रहेको पनि स्पष्ट पारेको छ। कलेजले साम्बाले मानेको खण्डमा आफू उपचारका लागि तयार रहेको भनेको हो । उता अखिल नेपाल फुटबल संघ एन्फाले भने कतारको एन्फासँग साम्बाको उपचारको पहल गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  १० : ५६ बजे

यमनमा झडपमा ८१ लडाकू मारिए

दुबई– यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी

दुई जनाको उद्धारपछि प्राधिकरणका सुपरभाइजर नेतृत्वको टोली त्रिशूली–३ ‘ए’ सुरुङभित्र पस्यो

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका

एक सातादेखि च्यामको फोरजी टावर ठप्प

हुम्ला– जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि

नेपाली मूलकी अधिकारीले अमेरिकामा खोलिन्का इरोसहेलिक्स कम्पनी

काठमाडौं– नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा क्लिनिकल प्रविधि कम्पनी काइरोस

गृहमन्त्री भन्छन्- हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूलाई पुरानै शैलीबाट आफूहरूलाई काम गर्न