सुरक्षाकर्मीको भूमिका प्रशंसनीय : मुख्यमन्त्री पाण्डे « Khabarhub

सुरक्षाकर्मीको भूमिका प्रशंसनीय : मुख्यमन्त्री पाण्डे


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शान्ति सुरक्षासँगै विपद्मा सुरक्षाकर्मीले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको बताएका छन् ।

गण्डकी प्रदेश सरकारको सहयोगमा नवनिर्मित गण्डकी प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनहरूको आज पोखरामा उद्घाटन गर्दै उनले प्रहरी सङ्गठनले राज्य र नागरिकको सुरक्षाको गहन जिम्मेवारी बहन गर्दै आएको बताए ।

उनले हरेक घटनामा राज्यको प्रतिनिधिका रुपमा पहिलो उपस्थिति रहने सुरक्षा निकायलाई सरकारले साधन–स्रोत सम्पन्न र आधुनिक प्रविधिमा दक्ष बनाउन थप लगानी गर्नुपर्ने आवश्यकता औँल्याए ।

संवैधानिक व्यवस्थाअनुसार गण्डकी प्रदेश सरकारले आफ्नो दायित्व र कर्तव्य बोधका साथ २०७५ सालमा स्थापना भएको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको भौतिक पूर्वाधार निर्माण प्रारम्भ गरेको उनले जानकारी दिए ।

नवनिर्मित कार्यालय, ब्यारेक, क्वाटर गार्ड, कार्यालय प्रमुख तथा वरिष्ठ अधिकृत निवास र मेस भवनको निर्माणसँगै प्रहरी संगठनको सीप, दक्षता र क्षमता थप सुदृढ हुने विश्वास व्यक्त गर्दै उनले भर्ना छनोट, आधारभूत तथा सेवाकालीन तालिम सञ्चालनमा यी संरचनाले महत्त्वपूर्ण सहयोग पुर्‍याउने बताए ।

‘यो तालिम केन्द्रले समय सापेक्ष प्रशिक्षण प्रणालीमार्फत तालिमको गुणस्तर अभिवृद्धि गर्दै पेसागत ज्ञान, सीप र दक्षतायुक्त सक्षम प्रहरी जनशक्ति उत्पादन गर्नेछ भन्ने अपेक्षा राखेको छु’, उनले भने ।

अपराध नियन्त्रण, अनुसन्धान तथा मानवीय उद्धारमा नवीनतम प्रविधि र प्रक्रियाको प्रभावकारी प्रयोग गर्ने क्षमताको विकासमा समेत यो केन्द्र महत्त्वपूर्ण बन्ने उनले विश्वास व्यक्त गरे ।

प्रदेश सरकार स्थापना भएयता गण्डकी प्रदेशमा निर्माण सुरु भएका ३५ प्रहरी युनिटका भवनमध्ये ३४ वटा निर्माण सम्पन्न भइसकेको र एउटा अन्तिम चरणमा रहेको मुख्यमन्त्रीले जानकारी गराए । 

सीमित साधन र स्रोतका बाबजुद पनि गण्डकी प्रदेश सरकारले शान्ति सुरक्षा र नागरिकप्रतिको दायित्वलाई उच्च प्राथमिकतामा राख्दै हरेक वर्ष करिब १५ करोड रुपैयाँभन्दा बढी बजेट सुरक्षा निकायका लागि विनियोजन गर्दै आएको उनले बताए ।

प्राविधिक प्रहरी नायब उपरीक्षक ई चीरञ्जिवी महतोका अनुसार कार्यालय पसिरमा कार्यालय भवन, समादेशक निवास, दुईवटा सिनियर अफिसर क्वाटरलगायत निर्माणका लागि मूल्य अभिवृद्धि करसहित छ करोड ४६ लाख १२ हजार ३२७ रुपैयाँका साथै छ दुई वटा ब्यारेक, दुईवटा मेस, क्वाटर गार्ड लगायतका संरचनाका लागि छ करोड ५५ लाख ४५ हजार ७१६ रुपैयाँ भुक्तानी भएको छ ।
 

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  २ : ४५ बजे

युक्रेनी हमलापछि रुसी तेल प्रशोधन केन्द्रमा आगलागी

किएभ– युक्रेनको आक्रमणपछि रूसको दक्षिणी तटीय शहर तुआप्सेस्थित तेल प्रशोधन केन्द्रमा

संसद् अधिवेशन बोलाएको भोलिपल्टै स्थगित

काठमाडौं– संसद् अधिवेशन बोलाएको भोलिपल्टै राष्ट्रपति रामचन्द्र पौडेलले फेरि स्थगित

वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन

धनकुटा– यही वैशाख १८ गतेदेखि २२ गतेसम्म धनकुटाको चौबिसे गाउँपालिकास्थित

टिप्पणी : भ्रष्टाचार र करछली छाडेर सुकुम्बासीतिर लाग्दै बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले बुधबार साँझ सुरक्षा प्रमुखहरूलाई अतिक्रमित

‘आगामी बजेटमा प्रदेश गौरव र बहुवर्षीय आयोजना पहिलो प्राथमिकतामा’

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले आगामी बजेटमा प्रदेशका गौरव र बहुवर्षीय