साउदी आग्रहपछि पाकिस्तानद्वारा सुडानसँगको हतियार बिक्री सम्झौता स्थगित « Khabarhub

साउदी आग्रहपछि पाकिस्तानद्वारा सुडानसँगको हतियार बिक्री सम्झौता स्थगित


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साउदी अरबको आग्रहपछि पाकिस्तानले सुडानसँगको १.५ अर्ब डलर बराबरको हतियार र लडाकु विमान बिक्री सम्झौता स्थगित गरेको छ। साउदी अरबले यस खरिद प्रक्रियामा आर्थिक सहयोग नगर्ने घोषणा गरेपछि पाकिस्तानले यो निर्णय लिएको हो । सुडानी सेना र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेजबीचको लामो द्वन्द्वका कारण सुडानमा गम्भीर मानवीय सङ्कट उत्पन्न भइरहेका बेला यो विकासक्रम सार्वजनिक भएको हो।

गत वर्ष मे महिनामा भारतसँगको सैन्य भिडन्तपछि पाकिस्तानी हतियार र लडाकु विमानहरूको माग अन्तर्राष्ट्रिय बजारमा बढेको थियो । रोयटर्सका अनुसार यो सम्झौतामा साउदी अरबले नै मध्यस्थता गरेको थियो, तर पछिल्लो समय पश्चिमी देशहरूको सल्लाह र क्षेत्रीय राजनीतिको प्रभावका कारण रियादले आफ्नो कदम पछि हटाएको हो। साउदी अरब पाकिस्तानको प्रमुख आर्थिक सहयोगी हो र यी दुई देशबीच गत वर्ष नै रक्षा सन्धि भएको थियो।

सुडानको गृहयुद्धमा साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) ले फरक-फरक पक्षलाई समर्थन गरिरहेका छन्। साउदी अरब सुडानी सेनाको पक्षमा छ भने युएईमाथि विद्रोही समूहलाई सहयोग गरेको आरोप लाग्दै आएको छ। यद्यपि दुवै देशले आधिकारिक रूपमा कूटनीतिक समाधानकै वकालत गर्दै आएका छन्।

यस विषयमा पाकिस्तानको सैन्य मुख्यालय र साउदी सरकारले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। यो सम्झौता रोकिनुलाई अफ्रिकामा जारी ‘प्रोक्सी वार’ बाट साउदी अरब टाढै बस्न खोजेको सङ्केतका रूपमा हेरिएको छ। हतियार सम्झौता रद्द भएसँगै सुडानको द्वन्द्वमा बाह्य सैन्य सहयोगको समीकरण फेरिने देखिएको छ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ४ : २८ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल