ककरोचका दुई माग पूरा गर्न भारत सरकार लचक, शिक्षामन्त्रीको राजीनामाबारे शनिबार निर्णय हुने « Khabarhub

ककरोचका दुई माग पूरा गर्न भारत सरकार लचक, शिक्षामन्त्रीको राजीनामाबारे शनिबार निर्णय हुने


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ककरोच जनता पार्टीले अघि सारेका दुई माग पूरा गर्न भारत सरकार सैद्धान्तिक रुपमा सहमत भएको छ । ककरोच जनता पार्टीका प्रवक्ता आशुतोष रांकाले शुक्रबार भएको वार्ताका क्रममा आफ्ना दुई माग पूरा गर्न सरकार तयार भएको जानकारी दिएका हुन् ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै प्रवक्ता रांकाले नीट पेपर लिक प्रकरणबाट प्रभावित परिवारलाई क्षतिपुर्ति दिन तथा प्रदर्शनकारीमाथि कुनै कानुनी कारवाही नगर्नेबारे सरकारले सैद्धान्तिक सहमति जनाएको उल्लेख गरेका छन् ।

उनले एक्समा लेखेका छन्, ‘आजको छलफलबाट प्राप्त अपडेट- सरकार नीट परीक्षाबाट प्रभावित भएका परिवारहरूलाई क्षतिपूर्ति दिन र प्रदर्शनकारीहरूमाथि कुनै पनि कानुनी कारबाही नगर्न सैद्धान्तिक रूपमा सहमत भएको छ । यसबाहेक, शिक्षामन्त्री प्रधानको राजीनामाको विषयमा जवाफ दिनका लागि सरकारले भोलिसम्मको समय मागेको छ । केन्द्रीय मन्त्री जेपी नड्डा र डा. जितेन्द्र सिंहलाई सर्वसाधारणमा बढ्दै गएको आक्रोश र असन्तोषबारे जानकारी गराइएको छ, जुन प्रधानको राजीनामा नआएसम्म रोकिने छैन । ‘

यद्यपि शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाका विषयमा भने अझै कुरा नमिलेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यसबारे जवाफ दिनका लागि सरकारले शनिबारसम्मको समय मााग गरेको छ ।

भारतमा आन्दोलन चर्किँदै जाँदा प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिपरिषदले परीक्षाहरूमा हुने धाँधली र प्रश्नपत्र लिक रोक्नका लागि विधेयक स्वीकृत गरेको छ ।

सरकारले स्वीकृत गरेको नयाँ विधेयकमा प्रश्नपत्र लिक गर्ने वा गराउनेहरूका लागि कडा सजायको व्यवस्था गरिएको छ । जसअनुसार दोषी ठहरिनेलाई १० वर्षको कैद र १० करोड रुपैयाँसम्मको जरिवाना गराइनेछ । यो विधेयक चालू साताभित्रै संसदमा प्रस्तुत गर्ने सरकारको योजना छ ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ७ : ५८ बजे

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले