कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ? « Khabarhub

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले प्रतिनिधिसभामा प्रयोग गरेका केही शब्द अभिलेखबाट हटाउन निर्देशन दिएका छन्।

सभामुख अर्यालले सोमबार सदनमा प्रयोग भएका असंसदीय तथा अमर्यादित शब्द हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन्।

गत भदौ १ गतेको प्रतिनिधिसभा बैठकमा सांसद रानामगरले प्रयोग गरेका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ लगायतका शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिइएको हो ।

त्यस्तै, भदौ ३ गतेको बैठकमा एमाले संसदीय दलका नेता बादलले प्रयोग गरेका ‘नागरिकहरूको बलि’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ शब्दसमेत अभिलेखबाट हटाउन सभामुखले निर्देशन दिएका छन्।

सभामुखको निर्देशनपछि संसद् सचिवालयले सम्बन्धित बैठकका अभिलेखबाट ती शब्द हटाउने प्रक्रिया अघि बढाउनेछ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ६ : २५ बजे

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा