पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका परिवारका सदस्यलाई पक्राउ गरेकोमा एमनेष्टीको निन्दा « Khabarhub

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका परिवारका सदस्यलाई पक्राउ गरेकोमा एमनेष्टीको निन्दा


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानव अधिकारवादी संस्था एमनेष्टी इन्टरनेशनलले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका परिवारका सदस्य तथा उनका दल पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) का कार्यकर्ताहरूको स्वेच्छाचारी गिरफ्तारीको कडा शब्दमा निन्दा गरेको छ।

सेप्टेम्बर २७ मा तय गरिएको देशव्यापी प्रदर्शनअघि सरकारले गरेको यो कारबाहीलाई संस्थाले अभिव्यक्ति, संगठन र शान्तिपूर्ण भेलाको अधिकारको खुलेआम उल्लंघन भनेको छ।

एमनेष्टी इन्टरनेशनलका दक्षिण एशियाली उपक्षेत्रीय निर्देशक बाबुराम पन्तले प्रदर्शन सुरु नै नभई त्यसलाई हिंस्रक भन्न नमिल्ने स्पष्ट पार्दै पाकिस्तान सरकारलाई अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको पालना गर्न आग्रह गरेका छन् । उनले परिवारको नाता, राजनीतिक आबद्धता र प्रदर्शन गर्ने योजनाकै आधारमा पक्राउ परेका इमरान खानका आफन्त र पीटीआई कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेका छन् ।

गत भदौ अन्तिम साता पीटीआईले इमरान खानको रिहाइ, उचित स्वास्थ्य सेवा र परिवार तथा वकिलहरूसँग भेटघाटको माग गर्दै इस्लामाबादतर्फ मार्च गर्ने घोषणा गरेको थियो। त्यसैक्रममा प्रशासनले पूर्वप्रधानमन्त्री खानका तीन दिदीबहिनीहरू अलिमा खान, नोरिन नियाजी र उज्मा खानसहित भतिजा-भतिजीहरू र पार्टीका दर्जनौँ कार्यकर्ताहरूलाई पक्राउ गरेको थियो। तीमध्ये केहीलाई रिहा गरिए पनि कतिपयलाई सार्वजनिक शान्ति सुव्यवस्था अध्यादेशअन्तर्गत नजरबन्दमा राखिएको छ।

पाकिस्तान सरकारले भने कुनै पनि राजनीतिक दललाई सडक वा सरकारी भवनहरू कब्जा गर्न नदिने र प्रदर्शनलाई हरसम्बभव तरिकाले रोक लगाउने चेतावनी दिँदै आएको छ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ७ : ०७ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन