पाकिस्तानमा अनलाइन खेलमार्फत १५ लाख बालबालिका यौन शोषणको चङ्गुलमा « Khabarhub

पाकिस्तानमा अनलाइन खेलमार्फत १५ लाख बालबालिका यौन शोषणको चङ्गुलमा


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा अनलाइन खेल र सामाजिक सञ्जालमार्फत बालबालिका गम्भीर प्रकारको यौन शोषणको सिकार बन्ने क्रम तीव्र रूपमा बढेको छ । संयुक्त राष्ट्रसंघीय बाल आपत्कालीन कोष (युनिसेफ) ले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार पाकिस्तानमा मात्रै एक वर्षमा करिब १५ लाख बालबालिका अनलाइन यौन शोषणको सिकार भएका छन् ।

सुरक्षाका कारण नाम परिवर्तन गरिएकी १७ वर्षीया जारा शाह यसैको एक प्रतिनिधि उदाहरण हुन् । एक अनलाइन खेल खेल्ने क्रममा अपरिचित व्यक्तिसँग चिनजान भएकी उनलाई सुरुमा साथीको रूपमा कुराकानी गरी विश्वासमा लिइएको थियो । पछि ती व्यक्तिले अश्लील तस्बिरको माग गर्दै अस्वीकार गरेमा परिवारलाई पोलिदिने धम्की दिएर ब्ल्याकमेल गरेको पीडित जाराले बताएकी छिन् ।

समाज र परिवारको डर तथा लाञ्छनाका कारण अधिकांश पीडितहरूले घटना बाहिर ल्याउने गरेका छैनन्। युनिसेफको प्रतिवेदनअनुसार पाकिस्तानमा ७१ प्रतिशत पीडित बालबालिकाले यसबारे कसैलाई पनि बताएका छैनन् भने औपचारिक निकायमा उजुरी शून्य प्रायः छ । स्न्यापचट र ह्वाट्सएपजस्ता प्लेटफर्महरू यस्ता घटनाका लागि बढी प्रयोग हुने गरेका छन्।

बालबालिकाको अनलाइन सुरक्षामा बढ्दो जोखिमलाई मध्यनजर गर्दै पञ्जाब सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरे पनि यसको प्रभावकारिता र कार्यान्वयनलाई लिएर डिजिटल अधिकारकर्मीहरूले प्रश्न उठाएका छन्। कानुनका छिद्रहरू र प्रभावकारी कार्यान्वयनको अभावका कारण प्रविधिको दुरुपयोग गरी बालबालिकालाई आर्थिक प्रलोभनमा पार्ने र ब्ल्याकमेल गर्ने क्रम झन् बढेको मानव अधिकारवादीहरूको भनाइ छ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ७ : १४ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन